मंगलवार, फाल्गुन ५,२०८२ 10:39:32
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 10:39:32
Bizshala
Global IME Bank Limited

सुपर मादी हाईड्रोपावरले पुसमा साधारण सभा आयोजना गर्ने, बुक क्लोज कहिले ?

सुपर मादी हाईड्रोपावरले पुसमा साधारण सभा आयोजना गर्ने, बुक  क्लोज कहिले ?
Shivam Cement

काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा डाकेको हा्े ।

उक्त सभा आगामी पुस ४ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८१र८२ का लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै बोनस सेयर वितरणपश्चात कायम हुने जम्मा सेयर पूँजी २ अर्ब ३१ करोड ५२ लाख ५० हजार रुपैयाँको २ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड १५ लाख ७६ हजार २५० कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकद्वारा प्रस्तुत आव २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरि पारित गर्ने र आव २०८२/८३ को लागी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १७ गतेदेखि पुस ४ गते सम्म कम्पनीको सेयरधनी दर्ता किताब(बुक क्लोज) बन्द गर्ने निर्णय गरेको छ । यसर्थ नेप्सेमा मंसिर १६ गतेसम्म कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै सो सभामा भाग लिन तथा लाभांशका लागि योग्य हुनेछन ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.