शुक्रबार, मंसिर १२,२०८२ 09:52:17
Bizshala
  • शुक्रबार, मंसिर १२,२०८२ 09:52:17
Bizshala
Global IME Bank Limited

रुसले दाबी गरेको क्षेत्रबाट सेना फिर्ता गरे मात्रै युक्रेन युद्ध अन्त्य हुन्छ: पुटिन

Hyundai Nepal
रुसले दाबी गरेको क्षेत्रबाट सेना फिर्ता गरे मात्रै युक्रेन युद्ध अन्त्य हुन्छ: पुटिन
Shivam Cement

काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि मुख्य शर्तहरु दोहोर्‍याएका छन् । उनले युक्रेनले रुसले दाबी गरेको क्षेत्रबाट आफ्ना सेना फिर्ता गरे मात्र रुसले हतियार राख्ने बताए ।

पुटिनले लामो समयदेखि रुसले जबरजस्ती कब्जा गरेको युक्रेनी क्षेत्रहरूलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै आएका छन्। यसमा सन् २०१४ मा कब्जा गरिएको क्राइमिया र पूर्वी डोनबास क्षेत्र समावेश छ, जसको धेरै जसो क्षेत्र अहिले रूसी नियन्त्रणमा छ।

CG Motors
Garima Development Bank
IME remit

युक्रेनले डोनबास छोड्न अस्वीकार गरिरहेको छ । पुटिनको भाषण पछि, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसले युद्ध अन्त्य गर्ने प्रयासलाई बेवास्ता गरेको बताए । किर्गिस्तानको भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै पुटिनले युक्रेन अन्तिम युक्रेनसम्म लड्न इच्छुक रहेको आरोप लगाए। यसका लागि रुस पनि सैद्धान्तिक रूपमा तयार रहेको उनले बताए ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Bizshala

यसअघि रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने सम्बन्धमा जेलेन्स्कीले अमेरिकासँग शान्ति सम्झौतामा ‘सम्झौता’ भइसकेको बताएका थिए ।

गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २८ बुँदे शान्ति योजना प्रस्ताव गरेका थिए, जसको गत साता जेनेभामा छलफल र अपडेट गरिएको थियो। यसै क्रममा पुटिनले अमेरिकी विशेष दूत स्टिभ विटकफसहितको अमेरिकी प्रतिनिधिमण्डल अर्को साताको सुरुमा रुस पुग्न लागेको पुष्टि गरेका छन् ।

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.