बिहीबार, फाल्गुन १४,२०८२ 06:44:39
Bizshala
  • बिहीबार, फाल्गुन १४,२०८२ 06:44:39
Bizshala
Global IME Bank Limited

रुसले दाबी गरेको क्षेत्रबाट सेना फिर्ता गरे मात्रै युक्रेन युद्ध अन्त्य हुन्छ: पुटिन

रुसले दाबी गरेको क्षेत्रबाट सेना फिर्ता गरे मात्रै युक्रेन युद्ध अन्त्य हुन्छ: पुटिन
Shivam Cement

काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि मुख्य शर्तहरु दोहोर्‍याएका छन् । उनले युक्रेनले रुसले दाबी गरेको क्षेत्रबाट आफ्ना सेना फिर्ता गरे मात्र रुसले हतियार राख्ने बताए ।

पुटिनले लामो समयदेखि रुसले जबरजस्ती कब्जा गरेको युक्रेनी क्षेत्रहरूलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै आएका छन्। यसमा सन् २०१४ मा कब्जा गरिएको क्राइमिया र पूर्वी डोनबास क्षेत्र समावेश छ, जसको धेरै जसो क्षेत्र अहिले रूसी नियन्त्रणमा छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

युक्रेनले डोनबास छोड्न अस्वीकार गरिरहेको छ । पुटिनको भाषण पछि, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसले युद्ध अन्त्य गर्ने प्रयासलाई बेवास्ता गरेको बताए । किर्गिस्तानको भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै पुटिनले युक्रेन अन्तिम युक्रेनसम्म लड्न इच्छुक रहेको आरोप लगाए। यसका लागि रुस पनि सैद्धान्तिक रूपमा तयार रहेको उनले बताए ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने सम्बन्धमा जेलेन्स्कीले अमेरिकासँग शान्ति सम्झौतामा ‘सम्झौता’ भइसकेको बताएका थिए ।

गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २८ बुँदे शान्ति योजना प्रस्ताव गरेका थिए, जसको गत साता जेनेभामा छलफल र अपडेट गरिएको थियो। यसै क्रममा पुटिनले अमेरिकी विशेष दूत स्टिभ विटकफसहितको अमेरिकी प्रतिनिधिमण्डल अर्को साताको सुरुमा रुस पुग्न लागेको पुष्टि गरेका छन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.