बुधबार, श्रावण ६,२०८३ 01:48:46
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 01:48:46
Bizshala
Global IME Bank Limited

कृषि विकास बैंकद्वारा ‘विद्यार्थीसँग बैंक’कार्यक्रम सञ्चालन

कृषि विकास बैंकद्वारा ‘विद्यार्थीसँग बैंक’कार्यक्रम सञ्चालन
New Office

काठमाण्डौ । कृषि विकास बैंकले ग्लोबल मनि विकको अवसरमा ‘विद्यार्थीसँग बैंक’ कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकको गण्डकी प्रदेश र लुम्बीनी प्रदेशको आयोजनामा  पूर्वी नवलपरासी जिल्लाको अमलटारी होमस्टे,रुपन्देही जिल्लाको धकधही र कपिलबस्तु जिल्लाको खनुवाका विद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थिहरुमाझ उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

 कार्यक्रममा बैंकका  उप–महाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने उपस्थित भई विद्यार्थिहरुलाई बैंक, विद्युतीय बैंकिंग सेवा, बेलैमा बचत गर्ने बानीको बिकास, कर्जा, निक्षेप, एजेन्सी सेवा लगायत, बचतको महत्व, खाताबाट कारोवार गर्दा हुने फाईदा, विद्युतीय कारोबार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारिक खर्चको लेखापालन, विद्युतीय बैंकिंङ कारोबार गर्दा अपनाउन पर्ने साबधानी जस्ता विषय सम्वन्धमा जानकारी गराउएका थिए ।  

साथै आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरुको भुमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादन मुलक क्षेत्रमा लगाउनु पर्ने बारे उनले प्रकाश पारेको थिए ।  

उक्त कार्यक्रममा सम्बन्धित प्रदेशका प्रमुख र प्रबन्धकको उपस्थिति रहेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.