शनिबार, श्रावण २,२०८३ 11:34:35
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:34:35
Bizshala
Global IME Bank Limited

कामना सेवाले पायो अग्राधिकार सेयर जारी गर्ने अनुमति, लाभांश दर ९%

कामना सेवाले पायो अग्राधिकार सेयर जारी गर्ने अनुमति, लाभांश दर ९%
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कामना सेवा विकास बैंकलाई ९ प्रतिशत लाभांश दर तोकिएको रु.१०० अंकित ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार शेयर निष्काशनका लागि अनुमति प्रदान गरेको छ । 

विकास बैंकको १८ औं वार्षिक साधारणसभावाट अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरी नेपाल राष्ट्रबैंकको स्वीकृती लिई धितोपत्र बोर्ड समक्ष स्वीकृतिका लागि पेश गरेको थियो ।  

उक्त अग्राधिकार शेयर जारी गरेसँगै विकास बैंकको पूँजीगत संरचना थप सुदृढ भई पुँजीकोष बढ्न जाने तथा व्यवसाय विस्तारको अवसर बढ्ने बैंकले जनाएको छ । 

हालको बजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्ताहरुलाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार शेयरमा लगानीको उचित माध्यम हुनेछ ।  

नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजीकोष सवलीकरणका लागि हकप्रद शेयरको विकल्पको

रुपमा सर्कुलरमार्फत अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्न बाटो खुलाएको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.