मंगलवार, आश्विन २७,२०८३ 08:27:29
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 08:27:29
Bizshala
Global IME Bank Limited

नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको लगानीमा संकुचन, सेयरबजारमा १५६.४२% ले वृद्धि

Bizshala
नेपाल रि र हिमालयन रि इन्स्योरेन्सको लगानीमा संकुचन, सेयरबजारमा १५६.४२% ले वृद्धि
New Office

काठमाण्डौ । रि इन्स्योरेन्स कम्पनीहरुको लगानी सामान्य घट्न पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सको विभिन्न क्षेत्रमा गरिएको लगानी ६.०२ प्रतिशतले खस्किएको छ ।

प्राधिकरणका अनु्सार दुई पुनर्बीमा कम्पनीले चालु आवको पहिलो त्रैमाससम्ममा विभिन्न क्षेत्रमा ३७ अर्ब ७५ करोड १२ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी रकम गत आवको सोही अवधिसम्मको तुलनामा सामान्य कम हो ।

गत आवको पहिलो त्रैमाससम्म पुनर्बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ४० अर्ब १६ करोड ८२ लाख रुपैयाँ लगानी गरेका थिए । सो अवधिसम्ममा नेपाल रि र हिमालयन रि इन्स्योरेन्स दुईवटै कम्पनीको लगानी रकम घट्न पुगेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

नेपाल रि इन्स्योरेन्सले पहिलो त्रैमाससम्म १८ अर्ब ८२ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत आवको सोही अवधिसम्मको तुलनामा १०।६५ प्रतिशत कम हो । त्यस्तै, हिमालनय रि इन्स्योरेन्सले विभिन्न क्षेत्रमा १८ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ लगानी गरेको छ, जुन गत आवको सोही अवधिसम्मको तुलनामा ०।९१ प्रतिशत कम हो ।

तुलनात्मक रुपमा नेपाल रि भन्दा हिमालयन रि इन्स्योरेन्सको लगानी आक्रामक देखिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण पुगेको क्षतिको दायित्व वहन गर्नुपर्दा नेपाल रि इन्स्योरेन्सको लगानीमा धक्मा पुगेको देखिन्छ । कम्पनीले बीमा कम्पनीहरुलाई साढे २ अर्ब रुपैयाँ दाबी भुक्तानी दिइसकेको छ ।

नेपाल रि इन्स्योरेन्सले सबैभन्दा बढी मुद्दती निक्षेपमा लगानी गरेको छ । कम्पनीले यो क्षेत्रमा १४ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेको छ, जुन गत आवको तुलनामा १५।७३ प्रतिशत कम हो ।

साथै कम्पनीले सेयरबजारमा गरेको लगानी भने तटस्थ राखेको छ । यो क्षेत्रमा कम्पनीले लगानी ९ करोड ४७ लाख रुपैयाँ मात्रै रहेको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले नागरिक लगानी कोष र म्युचुअल फण्डमा भने ९८८.८८ प्रतिशत बढाएर ५५ करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ ।

यता हिमालयन रि इन्स्योरेन्सले पनि मुद्दती निक्षेप, अन्य संस्थापक सेयर र अग्राधिकार सेयर, बण्ड, डिबेञ्चरमा गरेको लगानी घटाएको छ भने सूचीकृत पब्लिक कम्पनीको सेयरमा गरेको लगानी र नागरिक लगानी कोष र म्युचुअल फण्डमा गरेको लगानी भने उल्लेख्य बढाएको छ ।

गत आवको पहिलो त्रैमाससम्ममा १ अर्ब ८९ करोड २९ लाख रुपैयाँ सेयरबजारमा लगानी गरिएकोमा चालु आवको यस अवधिसम्म १६४.२४ प्रतिशत बढाएर ५ अर्ब १९ लाख रुपैयाँ पुर्याएको छ ।

यसरी सेयरबजारमा मात्रै दुई पुनर्बीमा कम्पनीको लगानी सो अवधिसम्म ५ अर्ब ९ करोड ६६ लाख रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिसम्मको तुलनामा १५६.४२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म पुनर्बीमा कम्पनीहरुले सेयरबजारमा १ अर्ब ९८ करोड ७६ लाख रुपैयाँ मात्रै लगानी गरेका थिए ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X