काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ६० हजार ७०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
बैंकका संस्थापक सेयरधनी किशोर राज पाण्डेले आफ्नो नाममा रहेको उक्त संस्थापक सेयर बिक्री गर्न स्वीकृतिका लागि बैंकको सञ्चालक समितिसमक्ष निवेदन दिएका हुन्। सोहीअनुसार बैंकले विद्यमान संस्थापक सेयरधनीहरूको जानकारीका लागि सूचना प्रकाशित गरेको छ।
बैंकका अनुसार उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयरसम्बन्धी विवरण खुलाएर बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउनुपर्नेछ।
तोकिएको समयावधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै लिखित जानकारी प्राप्त नभएमा सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।