काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले २३औँ वार्षिक साधारणसभा कात्तिक २० गते शुक्रबार बोलाएको छ। सभा काठमाडौंको शंखमूलस्थित स्मार्ट दरबारमा बिहान ९ः३० बजे सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा चार जना सञ्चालक चयन गर्ने प्रस्ताव छन्।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा लैजानेछ।
यससँगै बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीका आधारमा १ः१ अनुपातमा अर्थात् शतप्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावसमेत सभामा पेस हुनेछ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसैले कात्तिक १० गतेसम्म नेप्सेमा कायम सेयरधनीले सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।