काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुन–चाँदीको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन २७.३८ डलर अर्थात् ०.६८ प्रतिशतले घटेर प्रतिऔंस ४,१५० अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ ।
यस्तै चाँदी ०.७९ डलर अर्थात् १.२४ प्रतिशतले घटेर प्रतिऔंस ६०.१८ अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ ।
अमेरिकी डलर बलियो बनेसँगै मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको उल्लेख छ । अमेरिकी डलर १८ महिनाकै उच्च विन्दुमा पुगेपछि सुनमाथि दबाब परेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।