सोमबार, श्रावण ११,२०८३ 10:17:03
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 10:17:03
Bizshala
Global IME Bank Limited

रुसबाट तेल खरिद गर्ने देशमाथि थप दबाब सिर्जना गर्दै अमेरिका, चाल्यो यस्तो कदम

रुसबाट तेल खरिद गर्ने देशमाथि थप दबाब सिर्जना गर्दै अमेरिका, चाल्यो यस्तो कदम
New Office

काठमाण्डौ । अमेरिकी सिनेटर लिंडसे ग्राहमले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसमाथि थप कडा प्रतिबन्ध लगाउने विधेयकलाई समर्थन गरेको बताएका छन्। उनका अनुसार उक्त विधेयकले भारत, चीन र ब्राजिलजस्ता देशहरूलाई रूसी तेल खरिद बन्द गर्न दबाब दिन मद्दत गर्नेछ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्दै सिनेटर ग्राहमले यो कदम युक्रेनमा जारी शान्ति वार्ताको पृष्ठभूमिमा चालिएको उल्लेख गरेका छन्। उनले आगामी साता अमेरिकी संसदमा यस विधेयकमाथि द्विदलीय मतदान हुने अपेक्षा गरिएको पनि बताएका छन्।

ग्राहमले लेखेका छन्, ‘आज राष्ट्रपति ट्रम्पसँग विभिन्न विषयमा अत्यन्त उपयोगी बैठक भयो। उहाँले मैले सिनेटर ब्लुमेन्थल र अन्य सांसदहरूसँग विगत केही महिनादेखि तयार गरिरहेको द्विदलीय रूस प्रतिबन्ध विधेयकलाई समर्थन गर्नुभएको छ। युक्रेन शान्तिका लागि रियायत दिइरहेको बेला पुटिनले केवल बयानबाजी गर्दै निर्दोष नागरिकहरूको हत्या जारी राखेकाले यो विधेयक सही समयमा ल्याइएको हो।’

उनका अनुसार यस विधेयकले राष्ट्रपति ट्रम्पलाई सस्तो रूसी तेल खरिद गरी रूसको युद्ध प्रयासलाई आर्थिक सहयोग पुर्‍याइरहेका देशहरूविरुद्ध कारबाही गर्ने अधिकार प्रदान गर्नेछ। यसले विशेषगरी भारत, चीन र ब्राजिलजस्ता मुलुकहरूलाई रूसी तेल आयात बन्द गर्न दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।

अमेरिकी संसदको आधिकारिक वेबसाइटका अनुसार उक्त विधेयकको नाम ‘क्बलअतष्यलष्लन या च्गककष्ब ब्अत द्दण्द्दछ’ राखिएको छ। यस अन्तर्गत रूसबाट अमेरिका आयात हुने सबै वस्तु तथा सेवामाथि कम्तीमा ५०० प्रतिशतसम्म भन्सार शुल्क लगाउने प्रावधान छ। साथै, रूससँग सम्बन्धित व्यक्ति र संस्थामाथि कडा प्रतिबन्धहरू लागू गर्ने व्यवस्था पनि गरिएको छ।

यसैबीच, बुधबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी प्रतिनिधिमण्डलका सदस्यहरू स्टिभ विटकफ र जेरेड कुशनरसँग भेट गरी रूस–युक्रेन युद्ध अन्त्यका लागि कूटनीतिक उपायहरूबारे छलफल गरेका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.