काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको श्री डिष्टिलरीले वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी माघ २० गते नवलपरासीमा साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा सर्वसाधारणको सेयर स्वामित्व प्रतिशत संशोधन गरी प्रबन्धपत्र संशोधन गर्ने, सेयर खरिद वा हस्तान्तरण सम्बन्धि विद्यमान व्यवस्थामा आवश्यक प्रावधान थप गर्ने, हाल कायम चुक्तापूँजीको २० प्रतिशत हकप्रद सेयर जारी गर्ने तथा सेयर जारी गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै गत आवको वार्षिक प्रतिवेदन तथा उक्त अवधिको सम्पूर्ण वित्तीय विवरणहरु अनुमोदन गरिनेछ ।
कम्पनीले आईपीओ कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता आइपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्रि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त समेत गरिसकेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।