बिहीबार, बैशाख १७,२०८३ 03:08:19
Bizshala
  • बिहीबार, बैशाख १७,२०८३ 03:08:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाली एआई प्रविधिमा नयाँ आगमन, ‘मिरागो’ भर्चुअल ट्रायल रुम सार्वजनिक

Bizshala
नेपाली एआई प्रविधिमा नयाँ आगमन, ‘मिरागो’ भर्चुअल ट्रायल रुम सार्वजनिक
Shivam Cement

काठमाण्डौ । अनलाइन कपडा किन्दा प्रयोगकर्ताले अक्सर सोच्छन्, ‘के यो लुगा मलाई सुहाउँछ कि सुहाउँदैन ?’ पारम्परिक ट्रायल रुमको आवश्यकता अझै नेपालमा कायम छ। तर अब यो चुनौतीलाई नेपालमै विकास भएको एआई प्लाटफर्म ‘मिरागो’ ले सहज बनाउने विश्वास गरिएको छ।

‘मिरागो’ भर्चुअल ट्रायल रुम प्लाटफर्म प्रयोगकर्तालाई आफ्नो फोटो र मनपरेको लुगाको फोटो अपलोड गर्न अनुमति दिन्छ। त्यसपछि एआईले स्वतः प्रयोगकर्ताको फोटोमा लुगा फिट गरी नयाँ फोटो सिर्जना गर्छ। यसले अनलाइन किनमेल गर्दा लुगा नपर्ने वा मन नपर्ने समस्या समाधान गर्ने मात्र नभई फर्मल, विवाह, पार्टी वा अन्य अवसरका लागि लुगा छान्न सहज बनाउनेछ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्लाटफर्मका निर्माणकर्ताका अनुसार, ‘नेपालमै निर्मित ‘मिरागो’ केवल नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि उपयोगी साधन बन्ने क्षमता राख्छ। विद्यार्थी, कर्पोरेट कर्मचारी, कन्टेन्ट क्रिएटर, इन्फ्लुएन्सर र सामान्य प्रयोगकर्तासम्मलाई लक्षित गर्दै यो प्लेटफर्मले ड्रेसिङलाई थप रोचक र सहज बनाउनेछ।’

‘मिरागो’ प्लाटफर्म एप स्टोर र प्ले स्टोरबाट डाउनलोड गर्न सकिने छ भने वेब ब्राउजरबाट पनि प्रयोग गर्न सकिने छ। प्रयोगकर्ताको गोपनियता र सुरक्षालाई प्राथमिकतामा राख्दै तयार गरिएको यस प्लेटफर्मले नेपाली युजर इन्टरफेसमा सहज अनुभव प्रदान गर्ने जनाइएको छ।

निर्माणकर्ताहरुले अब प्रयोगकर्ताले ‘कहाँ जाँदा के लगाउने, कस्तो लुगा लगाउने, किन्ने कि नकिन्ने’ जस्ता सबै प्रश्नको उत्तर एकै स्थानबाट पाउन सक्ने बताएका छन् । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X