सोमबार, फाल्गुन ४,२०८२ 10:14:36
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 10:14:36
Bizshala
Global IME Bank Limited

जावलाखेल डिस्टिलरीद्वारा ‘रुस्लान – रिफ्रेसिङ अल्कोहोलिक पेय’ सार्वजनिक, मूल्य कति ?

जावलाखेल डिस्टिलरीद्वारा ‘रुस्लान – रिफ्रेसिङ अल्कोहोलिक पेय’ सार्वजनिक, मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । जावलाखेल डिस्टिलरी प्रालिले नेपालको रेडी–टु–ड्रिङ्क (आरटीडी) श्रेणीमा नयाँ पहल गर्दै ‘रुस्लान – रिफ्रेसिङ अल्कोहोलिक पेय’ सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार नेपाली अल्कोहोल पेय बजारमा पहिलोपटक ‘पीच आइस टी’ स्वादमा यो उत्पादन ल्याइएको हो। ‘रुस्लान’ को पहिलो संस्करण ५ प्रतिशत अल्कोहोल मात्रा (एबीभी) सहित विशेषगरी फरक सोच र नयाँ अनुभव खोज्ने युवापुस्तालाई लक्षित गरेर तयार गरिएको जनाएको छ।

आजका अभिव्यक्तिशील र अनुभव–केन्द्रित युवालाई ध्यानमा राख्दै तयार गरिएको यस पेयले मौलिकता, व्यक्तित्व र आत्मविश्वासलाई प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ। ट्रेन्ड पछ्याउनेभन्दा आफ्नै शैली स्थापित गर्न चाहने पुस्तालाई प्रेरित गर्ने उद्देश्य राखिएको उल्लेख गरिएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

विश्वव्यापी रूपमा लोकप्रिय सफ्ट पेय स्वादमध्ये पर्ने ‘पीच आइस टी’ लाई अल्कोहोलिक स्वरूपमा रूपान्तरण गर्दै यसलाई आधुनिक र सहज रूपमा पिउन मिल्ने पेयका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ। सन्तुलित ५ प्रतिशत अल्कोहोल मात्राले परिचित स्वादलाई नयाँ अनुभवमा रूपान्तरण गर्ने प्रयास गरिएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

जावलाखेल डिस्टिलरीका अनुसार ‘रुस्लान’ ले नेपालमा आरटीडी पेयको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ। कम्पनीले यसलाई नयाँ पुस्ताको बदलिँदो जीवनशैली र सामाजिक संस्कृतिसँग जोडिएको ब्रान्डका रूपमा अघि बढाउने योजना बनाएको छ।

२७५ मिलिलिटरको आकर्षक क्यानमा उपलब्ध यो पेय हाल काठमाण्डौका केही चयनित पसलहरूमा प्रतिक्यान २२५ रुपैयाँमा बिक्री भइरहेको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.