मंगलवार, असार ९,२०८३ 09:50:27
Bizshala
  • मंगलवार, असार ९,२०८३ 09:50:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वाट्सएपमा कसैले ब्लक गरेको छ कि छैन ? अब मेटा एआईले यसरी सजिलै पत्ता लगाईदिन्छ

Laxmi Sunrise Bank Limited
वाट्सएपमा कसैले ब्लक गरेको छ कि छैन ? अब मेटा एआईले यसरी सजिलै पत्ता लगाईदिन्छ

काठमाण्डौ । आजकाल धेरै प्रयोगकर्ताले वाट्सएपमा प्रोफाइल फोटो नराख्ने प्रवृत्ति बढ्दो छ। यस्तो अवस्थामा कसैले सन्देश पठाउँदा मात्र एउटा टिक देखिए र जवाफ नआएमा प्रयोगकर्तामा अन्योल उत्पन्न हुन्छ—के आफूलाई ब्लक गरिएको हो वा सम्बन्धित व्यक्तिको इन्टरनेट बन्द छ ?

सामान्यतया, यदि कसैले तपाईंलाई ब्लक गरेको छ भने पनि सन्देशमा एउटा मात्र टिक देखिन्छ। त्यस्तै, सम्बन्धित व्यक्तिको मोबाइल डेटा वा इन्टरनेट सेवा बन्द हुँदा पनि सन्देशमा एउटै टिक देखिने भएकाले वास्तविक अवस्था छुट्याउन कठिन हुन्छ।

अब भने मेटा एआईको सहयोगमा प्रयोगकर्ताले यो अन्योल हटाउन सक्ने भएका छन्। वाट्सएपमा उपलब्ध यस सुविधामार्फत ब्लक गरिएको हो वा होइन भन्ने संकेत पाउन सकिन्छ।

New Office
CG Motors
Garima Development Bank

कसरी जाँच गर्ने ?

-सबैभन्दा पहिले शंका लागेको व्यक्तिको च्याट खोल्नुहोस्।

-च्याट बक्समा  लेखेर ट्याग गर्नुहोस्।

-स्पेस दिएर ‘हाई’ लेखी सन्देश पठाउनुहोस्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यदि सम्बन्धित व्यक्तिले तपाईंलाई ब्लक गरेको छ भने, ‘हाई’ सन्देश पठाएपछि कुनै पनि प्रतिक्रिया प्राप्त हुँदैन। यस्तो अवस्थामा तपाईं ब्लक गरिएको हुन सक्ने सम्भावना बलियो हुन्छ।

यदि तपाईं ब्लक गरिएको छैन भने, मेटा एआईबाट स्वचालित प्रतिक्रिया प्राप्त हुन्छ। सम्बन्धित व्यक्तिको इन्टरनेट बन्द भए पनि मेटा एआईले जवाफ दिने भएकाले यसले अवस्था स्पष्ट पार्न मद्दत गर्दछ।

यसरी, मेटा एआईको सरल प्रयोगमार्फत वाट्सएप प्रयोगकर्ताले ब्लकसम्बन्धी अन्योल सहजै समाधान गर्न सक्छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.