सोमबार, बैशाख १४,२०८३ 06:55:29
Bizshala
  • सोमबार, बैशाख १४,२०८३ 06:55:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

'हिमालयन रि डूब्न लागेको हो ? बीमा प्राधिकरणले समस्याग्रस्त घोषणा गर्दैछ ?' बजारमा चलेको हल्ला पछाडिको यथार्थ यस्तो

Bizshala
'हिमालयन रि डूब्न लागेको हो ? बीमा प्राधिकरणले समस्याग्रस्त घोषणा गर्दैछ ?' बजारमा चलेको हल्ला पछाडिको यथार्थ यस्तो
Shivam Cement

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा पछिल्ला दुई दिनयता हिमालयन रि इन्स्योरेन्सको सेयर अस्वाभाविक रूपमा चलायमान बनेको छ। हल्ला, अनुसन्धान र उच्च कारोबारको त्रिकोणबीच कम्पनीको सेयरमा तीव्र उतारचढाव देखिएको हो।

अघिल्लो कारोबार दिन बजार १०० अंकभन्दा बढीले घट्दा कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको थियो। सोही दिन मात्रै कम्पनीको करिब ५८ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

त्यसको भोलिपल्ट बजारमा ८३ अंकको सुधार आउँदा कम्पनीको सेयर मूल्य २.१७ प्रतिशतले बढेर ७२० रुपैयाँ पुगेको छ भने कारोबार रकम पुनः ५४ करोड ९२ लाख रुपैयाँ नाघेको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बजारमा कम्पनीलाई नेपाल बीमा प्राधिकरणले ‘समस्याग्रस्त’ घोषणा गर्न लागेको भन्ने हल्ला तीव्र रूपमा फैलिएको छ। यही हल्लाका कारण लगानीकर्ताबीच त्रास फैलिएको र सेयर किनबेच असामान्य रूपमा बढेको विश्लेषण गरिएको छ।

कम्पनीका संस्थापक तथा ठूला सेयरधनीहरू सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ पर्न थालेपछि बजारमा मनोवैज्ञानिक दबाब झनै बढेको देखिन्छ।

संस्थापक सेयरधनी इन्फिनिटी होल्डिङ्ससँग सम्बन्धित दीपक भट्टलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB)ले पक्राउ गरेपछि घटनाक्रमले तीव्र मोड लिएको हो।

भट्ट हिमालयन रिका प्रमुख लगानीकर्तामध्ये एक हुन्। उनीमाथि अर्को पुनर्बीमा कम्पनीको सेयर खरिदका क्रममा सम्बन्धित कम्पनी तथा सहायक कम्पनीहरूको रकम दुरुपयोग गरिएको आरोप रहेको भन्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइएको छ।

उनीसँग सम्बन्धित रूपमा करिब ४५ लाख कित्ता सेयर स्वामित्व रहेको बताइएको छ।

यसै प्रकरणमा शंकर ग्रुपसँग मिलेमतोमा कम्पनीको रकम व्यक्तिगत लगानीमा प्रयोग गरिएको आरोपसमेत लगाइएको छ।

यस प्रकरणमा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई बयानपछि हाजिर हुने शर्तमा छाडिएको छ भने उनका छोरा सुलभ अग्रवाल पक्राउ परेका छन्।

त्यस्तै, अर्का संचालक साहिल अग्रवालसहित केही व्यक्तिसँग यसअघि नै बयान लिइसकिएको छ।

यहाँ स्मरणीय के छ भने यो प्रकरणका मुख्य आरोपी भट्ट र अग्रवाल बाबुछोराहरुमाथि लगाइएको कुनै पनि आरोप पुष्टि भइसकेको छैन । अनुसन्धानका क्रममा लगाइएको आरोप मात्र हो, यसको स्वतन्त्र न्यायिक जाँच वा अदालत वा अन्य कुनै निकायबाट स्वतन्त्र ढंगले आरोप पुष्टि भइसकेको अवस्था पनि होइन । 

CG Motors
Garima Development Bank
IME remit

नेपाल बीमा प्राधिकरणले भने कम्पनीलाई तत्काल समस्याग्रस्त घोषणा गर्ने कुनै निर्णय नभएको स्पष्ट पारेको छ।

प्राधिकरणका उपनिर्देशक शाम्भाराज लामिछानेका अनुसार, कुनै कम्पनीलाई समस्याग्रस्त घोषणा गर्न कानुनी रूपमा लामो प्रक्रिया आवश्यक पर्छ र हालसम्म त्यस्तो अवस्था सिर्जना भइसकेको छैन।

“बजारमा फैलाइएको हल्लामा कुनै सत्यता छैन। केही संचालक अनुसन्धानमा परे भन्दैमा कम्पनीलाई तत्काल समस्याग्रस्त घोषणा गर्न मिल्दैन,” उनले भने।

उनका अनुसार, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानपछि पनि कम्पनीको वित्तीय अवस्था सामान्य नै देखिएको छ।

हिमालयन रिको सेयरमा देखिएको असामान्य कारोबारले बजारमा सूचना र हल्लाबीचको संवेदनशील सम्बन्ध पुनः उजागर गरेको छ। एकातिर अनुसन्धान र पक्राउले उत्पन्न मनोवैज्ञानिक दबाब, अर्कोतर्फ नियामकको आश्वासन—यी दुईबीच अहिले लगानीकर्ता स्पष्टता खोजिरहेका छन्। लगानीकर्ता यिनै केही घटनाक्रमका कारण अत्तालिएको बेला बजारका चतुर खेलाडीहरुले कम्पनी समस्याग्रस्त घोषणा हुन लागेको हौवा पिटेर सस्तोमा हिमालयन रिइन्स्योरेन्सको सेयर कित्ता लुटेको हुनसक्ने सम्भावना देखिन्छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.