काठमाण्डौ । संघीय मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम पुनः समायोजन गरिएको छ। नयाँ सूचीअनुसार केही मन्त्रीहरूको स्थान हेरफेर गरिएको हो।
यसअघि तेस्रो स्थानमा रहेका गृहमन्त्री सुधन गुरुङ अब पाँचौं वरियतामा झरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भने आफ्नो पूर्ववत् दोस्रो स्थानमै कायम छन्।
नयाँ मर्यादाक्रमअनुसार परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो स्थानमा उक्लिएका छन् भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ चौथो स्थानमा रहेका छन्।
यसरी गरिएको पुनःक्रमबद्धताले मन्त्रिपरिषद्भित्रको औपचारिक प्राथमिकता संरचनामा परिवर्तन देखिएको छ।

