काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपाल लिमिटेडले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडलाई प्रतिकूल प्रभाव सहित सूक्ष्म निगरानीमा राखी [ICRANP-IR] BBB-@ निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ ।
उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षीत मानिन्छन् । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ ।
उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नभएको इक्रा नेपालले जनाएको छ ।