आईतवार, श्रावण १०,२०८३ 03:14:44
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 03:14:44
Bizshala
Global IME Bank Limited

गृहमन्त्री गुरुङको सम्पत्तिः २६० रोपनी जमिन, ८९ तोला सुन

गृहमन्त्री गुरुङको सम्पत्तिः २६० रोपनी जमिन, ८९ तोला सुन
New Office

काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार गृहमन्त्री सुधन गुरुङको सम्पत्ति संरचना लगानी, सेयर स्वामित्व, पारिवारिक जमिन र व्यक्तिगत सम्पत्तिको मिश्रणका रूपमा देखिएको छ।

सार्वजनिक विवरणमा मन्त्री गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको उल्लेख छ। सो जग्गा लगानीबाट प्राप्त आम्दानी प्रयोग गरी खरिद गरिएको दाबी गरिएको छ, जसले उनको व्यक्तिगत लगानी स्रोतबारे पनि संकेत गरेको छ।

परिवारतर्फको सम्पत्तिमा चितवनको भरतपुरमा बुबा दिलबहादुर गुरुङको नाममा ३० कठ्ठा जमिन र गोरखामा हजुरबुबा रामसल गुरुङको नाममा २२१ रोपनी जमिन रहेको विवरणमा उल्लेख छ। यसले उनको परिवार ऐतिहासिक रूपमा जमिनदार संरचनासँग जोडिएको देखिन्छ।

व्यक्तिगत सम्पत्तिमा मन्त्री गुरुङसँग ८९ तोला सुन र करिब ६ किलो चाँदी रहेको उल्लेख गरिएको छ। त्यस्तै विभिन्न बैंक खातामा कुल ६१ लाख ६० हजार रुपैयाँ बचत रहेको विवरणमा उल्लेख छ।

लगानीका हिसाबले उनी विभिन्न कम्पनीमा सेयरधनी रहेको देखिन्छ। होप होल्डिङ्स प्रालि, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालि र एडभेन्चर भिल्ला प्रालि लगायतका कम्पनीमा गरी करोडौँ रुपैयाँबराबरको सेयर लगानी रहेको छ। कुल मिलाएर अन्य कम्पनीहरू समेत समेट्दा करिब २ करोड ७४ लाख ५६ हजार रुपैयाँभन्दा बढीको सेयर स्वामित्व रहेको विवरणमा उल्लेख छ।

त्यसैगरी, मन्त्री गुरुङको नाममा करिब ४८ लाख रुपैयाँ मूल्य बराबरको एमजी–एस फाइभ कार रहेको पनि विवरणमा समावेश छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.