काठमाण्डौ । सरकारले भोलि इस्लाम धर्मावलम्बीहरुको पर्व इदउल फित्र(इद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोलि इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय निर्णय भएको जनाएको हो ।
इद उल फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो । इस्लामिक क्यालेन्डरका अनुसार रमजानपछि शवालको पहिलो दिन इद उल फित्र मनाइन्छ। यो बिहान प्रार्थना सँगै सुरु हुन्छ ।
मस्जिदमा जाँदा नयाँ लुगा लगाएर जाने चलन छ। त्यसैगरी गुलियो खानेकुरा, खजुर वा मिठाई खाइन्छ। र, तकबिर भनिने एउटा छोटो प्रार्थना गरिन्छ।
ईदको प्रार्थनाभन्दा पहिले मुस्लिमहरूले जकात अल(फित्र पनि भनिने अनिवार्य दान गर्नुपर्छ। गरिबहरूलाई भोजनका निम्ति जकात दान गर्ने प्रचलन छ।
पाको उमेरका श्रद्धालुहरूले परिवारका केटाकेटी वा आफूभन्दा कम उमेरका सदस्यलाई ईदी भनेर पैसा पनि दिने गर्छन्।