शुक्रबार, आश्विन १६,२०८३ 07:00:44
Bizshala
  • शुक्रबार, आश्विन १६,२०८३ 07:00:44
Bizshala
Global IME Bank Limited

एभरेस्ट बैंकका ग्राहकलाई मेदान्त अस्पतालमा १५ प्रतिशतसम्म छुट

Bizshala
एभरेस्ट बैंकका ग्राहकलाई मेदान्त अस्पतालमा १५ प्रतिशतसम्म छुट
New Office

 

 काठमाण्डौ ।  एभरेस्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वास्थ्य परीक्षण तथा उपचार सेवामा छुट उपलब्ध गराउने उद्देश्यले भारतको नयाँदिल्लीस्थित प्रतिष्ठित मेदान्त अस्पतालसँग सम्झौता गरेको छ।

सम्झौताअनुसार एभरेस्ट बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले नयाँदिल्लीसहित गुरुग्राम, लखनउ, इन्दौर, राँची र नोएडामा रहेका मेदान्त अस्पतालका १३ वटा शाखामा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार यो छुट अस्पतालको ओपीडी सेवा, आईपीडी सेवा तथा मेदान्तको स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेजमा लागू हुनेछ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

ओपीडी सेवाअन्तर्गत चिकित्सकको परामर्श, प्रयोगशाला परीक्षण तथा रेडियोलोजी सेवामा छुट उपलब्ध हुनेछ। त्यसैगरी आईपीडी सेवातर्फ बेड शुल्क, प्रयोगशाला तथा रेडियोलोजी सेवामा समेत छुट पाउने व्यवस्था गरिएको छ।

यो सुविधा लिन चाहने बैंकका ग्राहकले अस्पतालको बिल भुक्तानी एभरेस्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत गर्नुपर्नेछ।

बैंकका अनुसार सम्झौताबाट आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, भारतमा उपचार तथा स्वास्थ्य परीक्षण गराउने ग्राहकले मेदान्त अस्पतालका विभिन्न सेवामा विशेष छुटको लाभ लिन सक्नेछन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.