शुक्रबार, कार्तिक ६,२०८३ 05:54:18
  • शुक्रबार, कार्तिक ६,२०८३ 05:54:18
Global IME Bank Limited

ISO मान्यतासँगै सिटिजन लाइफको विश्वसनीयता थप मजबुत

Bizshala
ISO मान्यतासँगै सिटिजन लाइफको विश्वसनीयता थप मजबुत
New Office

काठमाण्डौ । सिटिजन्स लाइफ इन्स्योरेन्सले आफ्नो सेवा गुणस्तर र व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार उकास्दै ISO 9001:2015 प्रमाणिकरण प्राप्त गरेको छ।

यो प्रमाणिकरण United Registrar of Systems (URS) तथा UKAS Management Systems मार्फत प्रदान गरिएको हो, जसले कम्पनीको गुणस्तर व्यवस्थापन प्रणाली विश्वस्तरका मापदण्डअनुसार सञ्चालन भइरहेको पुष्टि गर्छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीका अनुसार यो उपलब्धिले सेवा प्रवाह, सञ्चालन प्रक्रिया र व्यवस्थापन प्रणालीमा पारदर्शिता, दक्षता तथा निरन्तर सुधारको अभ्यासलाई संस्थागत बनाउनेछ। यसले ग्राहकलाई अझ छिटो, प्रभावकारी र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्यलाई थप सुदृढ बनाएको छ।

विशेषगरी बीमा दाबी भुक्तानी, ग्राहक सेवा र आन्तरिक व्यवस्थापन प्रणालीमा एकरूपता तथा अनुशासन कायम गर्न यो प्रमाणिकरण महत्वपूर्ण हुने कम्पनीको विश्वास छ। साथै, यसले सेवाको गुणस्तर र संस्थागत स्थायित्वमा सकारात्मक प्रभाव पार्दै ग्राहकको विश्वास बढाउन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले आन्तरिक प्रक्रियालाई अझ व्यवस्थित, प्रभावकारी र उत्तरदायी बनाउने तथा नियामक मापदण्डसँग थप सुसंगतता कायम गर्ने लक्ष्य राखेको छ। यससँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कम्पनीको पहिचान र विश्वसनीयता अझ मजबुत हुने विश्वास व्यक्त गरिएको छ।

सिटिजन लाइफले यस उपलब्धिलाई केवल औपचारिक प्रमाणपत्रका रूपमा नभई दीर्घकालीन सेवा उत्कृष्टता, उत्तरदायित्व र ग्राहक केन्द्रित कार्यशैलीको प्रतिबद्धताका रूपमा ग्रहण गरेको जनाएको छ। आगामी दिनमा पनि सेवा गुणस्तरमा निरन्तर सुधार गर्दै ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेर अघि बढ्ने कम्पनीको भनाइ छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.