काठमाण्डौ । हुवावेले नेपालमा आफ्नो नयाँ स्मार्ट वेयरेबल उपकरण HUAWEI Band 11 Series आधिकारिक रूपमा सार्वजनिक गरेको छ। स्वास्थ्य, फिटनेस तथा दैनिक जीवनशैलीलाई केन्द्रमा राखेर विकसित गरिएको यो सिरिजको सुरुवात एक विशेष अनुभवात्मक कार्यक्रम “Run with the Beat” – Powered by HUAWEI मार्फत गरिएको हो।
नयाँ वर्ष २०८३ को अवसर पारेर २०२६ अप्रिल १५ मा आयोजित उक्त कार्यक्रम Meltdown सँगको सहकार्यमा सम्पन्न भएको थियो। नेपालमै पहिलो पटक आयोजित यस प्रकारको कार्यक्रमले फिटनेस, संगीत र प्रविधिलाई एकै ठाउँमा समेट्दै सहभागीहरूलाई ऊर्जावान र फरक अनुभव प्रदान गरेको थियो।
HUAWEI Band 11 Series: स्मार्ट स्वास्थ्य तथा फिटनेस सहायक
HUAWEI Band 11 Series प्रयोगकर्ताको दैनिक स्वास्थ्य, फिटनेस तथा जीवनशैली व्यवस्थापनलाई अझ सहज बनाउन डिजाइन गरिएको छ। यसका प्रमुख विशेषताहरू यसप्रकार छन्:
- मुटुको धड्कन (HR), SpO₂, HRV तथा श्वासप्रश्वास विश्लेषणसहित उन्नत निद्रा ट्र्याकिङ
- २४/७ मुटुको धड्कन र रगतमा अक्सिजनको स्तर निगरानी
- १०० भन्दा बढी व्यायाम मोडहरू सहित स्मार्ट ट्र्याकिङ
- तनाव तथा भावनात्मक स्वास्थ्य निगरानी र गाइडेड ब्रीदिङ सुविधा
- अधिकतम १४ दिनसम्म चल्ने ब्याट्री क्षमता
- हलुका र आकर्षक डिजाइन, दिनभर लगाउन सहज
यस उपकरण Huawei Health App सँग एकीकृत भएकाले प्रयोगकर्ताले व्यक्तिगत डेटा र विश्लेषणमार्फत आफ्नो फिटनेस, रिकभरी तथा समग्र स्वास्थ्य सुधार गर्न सहयोग प्राप्त गर्न सक्छन्।
मूल्य र उपलब्धता
नेपालमा HUAWEI Band 11 Series निम्न मूल्यमा उपलब्ध हुनेछ:
- Band 11 (Polymer): रु. ९,९९०
- Band 11 (Light Aluminum Alloy): रु. ११,९९०
- Band 11 Pro: रु. १४,९९०

