Bizshala
  • बुधबार, बैशाख ९,२०८३ 05:29:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बालेन नेतृत्वको सरकारमा एक महिना पनि टिकेनन् दुई मन्त्री

Bizshala
बालेन नेतृत्वको सरकारमा एक महिना पनि टिकेनन् दुई मन्त्री
Shivam Cement

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र (बालेन)शाह नेतृत्वको सरकार बनेको २६ दिनमै २ मन्त्री पदबाट हटाइएका छन् ।  

गृहमन्त्री सुधन गुरुङ र यसअघि श्रममन्त्री रहेका दीपककुमार साहको पद एक महिना नबित्दै गएको हो । उनीहरुको कार्यशैली र व्यक्तिगत अपारदर्शी शैलीका कारण पदबाट हटाइएको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

गृहमन्त्री सुधन गुरुङ २६ दिनमै पदमुक्त बनेका छन् भने यसअघि श्रममन्त्री रहेका दीपककुमार साह १३ दिनमै बाहिरिएका थिए ।  

आफ्नी श्रीमतिलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा अनाधिकृत रुपमा सहभागी गराउने भूमिका खेलेको भन्दै विवादमा तानिएपछि साह श्रममन्त्री पदबाट बाहिरिएका थिए ।  

CG Motors
Garima Development Bank
IME remit

साथै गृहमन्त्री सुधन गुरुङले पनि आजमात्रै पदबाट राजीनामा दिएका छन् । उनको सम्पत्तिमाथि चौतर्फी प्रश्न र आलोचना आएपछि उनले राजीनामा दिएका हुन् ।  

उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अस्वभाविक रहेको भन्दै प्रश्न उठिरहेको बेलामा स्टार माइक्रो इन्स्योरेन्स लगायतमा गरेको लगानीमा समेत चौतर्फी आलोचना भएको थियो । सोहीकारण उनले बुधबार गृहमन्त्री पदबाट राजीनामा दिएका छन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.