काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले वैशाख १ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको नयाँ ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।
जसअन्तर्गत बैंकले संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ४.५१०० प्रतिशत कायम गरेको छ । संस्थागत निक्षेपको ब्याजको दर ६ महिनादेखि ५ वर्षसम्मका लागि ४.०१०० प्रतिशत र उक्त अवधिका बिडिङ्गका लागि भने ४.५१०० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।
त्यस्तै बैंकले व्यक्तिगततर्फको अधिकतम ब्याजदर ५.६६६१ प्रतिशत कायम गरेको छ । चैत महिनाका लागि पनि बैंकले यहि ब्याजदर कायम गरेको थियो । व्यक्तिगततर्फको ३ महिना अवधिसम्मको मुद्दति निक्षेपको ब्याजददर लागि ४.२५५१ ,६ महिनाका लागि ४.५५१ प्रतिशत तोकिएको छ ।
त्यस्तै ६ महिनादेखि १ वर्षसम्म अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ५.२५५१ प्रतिशत तोकिएको छ । १ वर्षदेखि ५ वर्षसम्मका लागि ५.६६६१ प्रतिशत ब्याजदर तोकिएको छ ।