आईतवार, बैशाख २७,२०८३ 05:44:40
Bizshala
  • आईतवार, बैशाख २७,२०८३ 05:44:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्रोथ फोरम नेपालद्वारा एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

Bizshala
ग्रोथ फोरम नेपालद्वारा एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत
Shivam Cement

काठमाण्डौ । नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम विकासमार्फत प्रभाव पार्ने मूल विषयलाई केन्द्रमा राख्दै ग्रोथ फोरम नेपाल २०२६ अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ।

एम्र्बाक कलेजले युनिभर्सिटी अफ रोहम्प्टन (यूके) सँगको प्राज्ञिक साझेदारीमा आयोजना गरेको यो सम्मेलन २०२६ मे ८ गते होटल हिमालय, ललितपुरमा सम्पन्न भएको हो। सम्मेलनमा नीति निर्माता, उद्योगी, प्राज्ञिक विज्ञ, उद्यमी, लगानीकर्ता तथा विकास साझेदारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

दिनेभर चलेको सम्मेलनमा साना तथा मझौला उद्यम तथा अतिसाना, साना र मझौला उद्यमलाई नेपालको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित गर्ने विषयमा गहिरो छलफल गरिएको थियो।

एम्र्बाक कलेजका कार्यकारी निर्देशक आशिष ठाकुरले उद्घाटन मन्तव्य दिँदै एसएमईलाई राष्ट्र निर्माणको मेरुदण्डका रूपमा व्याख्या गरेका थिए। उनले प्राज्ञिक संस्था र बजारबीचको दूरी घटाउन अनुसन्धानमुखी अभ्यास आवश्यक रहेकोमा जोड दिएका छन।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

काठमाण्डौ विश्वविद्यालयका प्रा. डा. अच्युत प्रसाद वाग्लेले नेपाल नीति छलफलमा सीमित भएको र समृद्धि केन्द्रित कार्यान्वयन कमजोर रहेको टिप्पणी गरेका छन। उनले एसएमईलाई स्वरोजगारको सीमित दृष्टिकोणबाट बाहिर ल्याएर उत्पादन र नवप्रवर्तनमा केन्द्रित गर्नुपर्ने बताएका छन।

भारतका डा. राजेन्द्र प्रताप गुप्ताले जर्मनीको ‘मिट्टेलस्ट्यान्ड’ मोडेललाई उदाहरण दिँदै नेपालका लागि एसएमई केन्द्रित विकास मोडेल आवश्यक रहेको उल्लेख गरेका छन। उनले डिजिटल पहुँच, हरित ऊर्जा र महिला–युवा उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन।

एफएओका प्रतिनिधि केन शिमिजु ले कृषि–आधारित एसएमई, खाद्य सुरक्षा र ग्रामीण जीवनस्तर सुधारमा उद्यमहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन।

पहिलो प्यानल छलफलमा व्यवसाय गर्न सहज वातावरण, नियमन सुधार र डिजिटल सुशासन विषयमा चर्चा भयो। नेपाल उद्योग परिसंघ अध्यक्ष विरेन्द्र राज पाण्डेले ‘सिंगल डोर नीति’ आवश्यक रहेको बताएका छन भने राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल ढुङ्गानाले डिजिटल साक्षरता र समावेशी नीतिमा जोड दिएका छन।

महिला उद्यमी संघकी अध्यक्ष दर्शना श्रेष्ठले वित्तीय पहुँच र बजार पहुँच महिलाका लागि प्रमुख चुनौती भएको उल्लेख गरेका छन।

दोस्रो प्यानलमा वित्तीय पहुँच र लगानी संरचनाबारे छलफल भयो। भेन्चर क्यापिटलको विस्तार, ग्रामीण उद्यमको औपचारिकीकरण र क्षेत्रीय नीति आवश्यकतामा जोड दिइयो।

CG Motors
Garima Development Bank
IME remit

टेक्नो इन्डिया युनिभर्सिटीका प्रा. उज्ज्वल अनु चौधरीले एआई युगमा निरन्तर सिकाइ अनिवार्य भएको बताउँदै राष्ट्रिय स्तरको एआई साक्षरता अभियान आवश्यक रहेको सुझाव दिएका छन।

कार्यक्रमको अवसरमा एम्र्बाक रिसर्च रिभ्यु भोल्युम २ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। यसलाई नेपाल केन्द्रित अनुसन्धान र प्रमाणमा आधारित नीति निर्माणको महत्वपूर्ण माध्यमका रूपमा प्रस्तुत गरिएको छ।

सम्मेलनले नेपालका लागि चार प्रमुख प्राथमिकता पहिचान गरेको छःडिजिटल एकीकृत ‘सिंगल डोर नीति’, प्रादेशिक समावेशी सुशासन, व्यावहारिक र स्थानीय शिक्षा प्रणाली, बैंकिङ क्षेत्रमा रहेको तरलता उत्पादनशील क्षेत्रमा रूपान्तरण ।

आयोजकले सम्मेलनलाई नेपाललाई निर्वाहमुखी अर्थतन्त्रबाट नवप्रवर्तनमुखी अर्थतन्त्रतर्फ लैजाने महत्वपूर्ण प्रयासका रूपमा लिएको जनाएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.