शनिबार, श्रावण ९,२०८३ 11:59:01
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 11:59:01
Bizshala
Global IME Bank Limited

स्नो रिभर्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

स्नो रिभर्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
New Office

काठमाण्डौ । स्नो रिभर्स लिमिटेडले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले ७ लाख ७८ हजार १२५ कित्ता साधारण सेयरको प्रारम्भिक निष्कासन गरेको हो ।

कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाका लागि आईपीओ जारी गरी बाँडफाँड गरेको थियो । जसपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारणका लागि आईपीओ खुलाएको हो ।

कम्पनीको यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० र अधिकतममा १  हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द छिटोमा जेठ १ गते र ढिलोमा जेठ १२ गते हुनेछ ।  

कम्पनीको इक्रा नेपालले ‘इक्राएनपी–आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व बहन गर्ने मामिलामा मध्यम जोखिम रहेको जनाउँछ ।  

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत दिन सकिनेछ।

साथै, लगानीकर्ताले ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.