बुधबार, असार १०,२०८३ 08:19:45
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:19:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नर्भिकमा ‘डेजी अवार्ड’ : उत्कृष्ट सेवाका लागि ४ नर्स सम्मानित

Laxmi Sunrise Bank Limited
नर्भिकमा ‘डेजी अवार्ड’ : उत्कृष्ट सेवाका लागि ४ नर्स सम्मानित

काठमाण्डौ । काठमाडौंस्थित Norvic International Hospital ले अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा ४ जना उत्कृष्ट नर्सलाई प्रतिष्ठित ‘डेजी अवार्ड’ प्रदान गरेको छ। अस्पतालले नर्सिङ तथा पारामेडिकल क्षेत्रका २७ जना अन्य कर्मचारीलाई पनि सम्मान गर्दै स्वास्थ्य सेवामा उनीहरूको योगदानको उच्च मूल्यांकन गरेको हो।

अमेरिकास्थित DAISY Foundation सँगको सहकार्यमा आयोजित कार्यक्रममा सम्झाना तामाङ, नीलिमा श्रेष्ठ, अञ्जली गोले र रोनिशा पाण्डेलाई ‘डेजी अवार्ड’ प्रदान गरिएको अस्पतालले जनाएको छ। उनीहरूलाई अवार्डसँगै सम्मानपत्र पनि प्रदान गरिएको थियो।

New Office
CG Motors
Garima Development Bank

अस्पतालले केही समयअघि उत्कृष्ट नर्स छनोटका लागि खुला मनोनयन प्रक्रिया सञ्चालन गरेको थियो। बिरामी, बिरामीका आफन्त, चिकित्सक, सहकर्मी नर्स तथा अन्य कर्मचारीले उत्कृष्ट सेवा दिएका नर्सलाई मनोनयन गर्न पाउने व्यवस्था गरिएको थियो। सोही प्रक्रियाबाट उत्कृष्ट चार नर्स चयन गरिएको अस्पतालले जनाएको छ।

यसैगरी उत्कृष्ट १० भित्र परेका अन्य ६ जना नर्स: सिर्जना धामी, सृजना धौलाकोटी, उषा पन्त, सदिक्षा भट्टराई, वर्षा मैनाली र रुक्साना राई महर्जनलाई पनि विशेष सम्मान गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा बोल्दै नर्भिक अस्पतालकी निर्देशक Megha Chaudhary ले नेपालमै पहिलोपटक नर्भिकले डेजी अवार्ड सुरु गरेको बताइन्। उनले नर्सहरूको करुणामय सेवा, समर्पण र व्यावसायिकताको सम्मानस्वरूप अवार्ड प्रदान गरिएको उल्लेख गर्दै नर्सिङ टोलीप्रति गर्व व्यक्त गरिन्।

अस्पतालकी नर्सिङ प्रमुख Sarita Shrestha ले डेजी अवार्डलाई नर्सहरूको मानवीय सेवा, समर्पण र उत्कृष्टताको अन्तर्राष्ट्रिय पहिचानका रूपमा व्याख्या गरिन्।

स्वास्थ्य मन्त्रालयअन्तर्गत नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी वरिष्ठ अस्पताल नर्सिङ प्रशासक Bala Rai ले बिरामी सेवामा नर्सहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै सेवा भावसँगै व्यावसायिकता पनि उत्तिकै आवश्यक रहेको धारणा राखिन्। उनले नर्सहरूको पारिश्रमिक र अधिकारका विषयमा नर्भिक अस्पतालले अग्रसरता देखाएको पनि उल्लेख गरिन्।

यस्तै, Nursing Association of Nepal की अध्यक्ष प्राध्यापक Chandrakala Sharma ले नर्भिकले नर्सहरूलाई प्रोत्साहन गर्न डेजी अवार्ड सञ्चालन गरेकोमा खुशी व्यक्त गर्दै अस्पताल नर्सहरूको लागि ‘आइडल संस्था’ बन्न सक्ने विश्वास व्यक्त गरिन्।

१० वर्षभन्दा बढी सेवा गर्ने २१ कर्मचारी सम्मानित

अन्तर्राष्ट्रिय नर्स दिवसकै अवसरमा नर्भिक अस्पतालले १० वर्षदेखि २५ वर्षभन्दा बढी समयसम्म निरन्तर सेवा गर्दै आएका २१ जना नर्सिङ तथा पारामेडिकल कर्मचारीलाई पनि सम्मान गरेको छ।

सम्मानित हुनेहरूमा बुद्धिमाया बम्जन, विनिता गिरी, मेलिशा मलेकु, सैलिना श्रेष्ठ, मनिता महर्जन, सचिन खत्री, विनोद थापा, रञ्जिता लिम्बु, सुष्मा श्रेष्ठ, सविना केसी, शिला सिल्पकार नकर्मी, साधना श्रेष्ठ, रामबाबु ठाकुर, अर्विन्द कुमार शाह, कविना शाही, केशवराज शर्मा खनाल, इश्वर गौतम, कृष्णाकुमारी श्रेष्ठ, जानुका पन्त, मीनाकुमारी उपाध्याय र सरीता रेग्मी शर्मा रहेका छन्।

सम्मानित कर्मचारीहरूले नर्भिकलाई आफ्नो दोस्रो घरका रूपमा लिँदै लामो समयदेखि बिरामी सेवामा समर्पित रहेको बताएका छन्। अस्पतालले यस्ता सम्मानले नर्सिङ तथा पारामेडिकल कर्मचारीको मनोबल र कार्यक्षमता थप मजबुत हुने विश्वास व्यक्त गरेको छ।

यसै अवसरमा Norvic College of Health Sciences and Technologies का उत्कृष्ट नतिजा ल्याउने दुई विद्यार्थी: डिका बस्नेत र मौनता पोखरेललाई पनि सम्मान गरिएको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.