शुक्रबार, असार १२,२०८३ 08:13:29
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 08:13:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष पदका लागि ३२ जनाको आवेदन, छिट्टै सर्टलिस्ट र अन्तर्वार्ता प्रक्रिया शुरु गर्ने तयारी

Laxmi Sunrise Bank Limited
नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष पदका लागि ३२ जनाको आवेदन, छिट्टै सर्टलिस्ट र अन्तर्वार्ता प्रक्रिया शुरु गर्ने तयारी

काठमाण्डौं । नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष तथा सदस्य पद पूर्तिका लागि आवेदन दिने समय सकिएको छ ।  

मन्त्रालयले वैशाख २६ गते अध्यक्षसहित बोर्ड सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो।  

 

New Office
CG Motors
Garima Development Bank

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अध्यक्ष पदमा ३२ जनाले र चार सदस्य पदका लागि ३३ जनाले आवेदन दिएका छन्।

 

तोकिएको समयसीमाभित्र प्राप्त आवेदनसँगै प्राधिकरणको नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको हो।

अध्यक्ष पदका लागि हाल कार्यवाहक जिम्मेवारीमा रहेका अर्जुन घिमिरे, नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यसहित दूरसञ्चार क्षेत्रका अनुभवी व्यक्तिहरू प्रतिस्पर्धामा देखिएका छन्।  

त्यसैगरी रमेश श्रीवास्तव, शैलेन्द्र गिरी, बिमलप्रकाश साह, नवीन जिसी, ज्ञानेन्द्र खतिवडा, दीपक लुइँटेल, रामप्रसाद पाण्डे, सुनिल मिश्र र सोना उल्ला खानलगायतले पनि आवेदन दिएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सदस्य पदतर्फ प्राविधिक तथा प्रशासनिक क्षेत्रमा १५, बजार व्यवस्थापनतर्फ ५, लेखा तथा लेखापरीक्षणतर्फ ९ र कानूनी सदस्य पदका लागि ४ जनाले आवेदन दिएका मन्त्रालय स्रोतले जनाएको छ।

प्राप्त आवेदनको मूल्यांकन गरी संक्षिप्त सूची तयार पारी छनोट भएका उम्मेदवारलाई अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि बोलाइने मन्त्रालयले जनाएको छ ।  

अन्तिम नाम सिफारिस सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्मा लैजाने छन् ।  

सरकारले हालै लागू गरेको सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेशपछि प्राधिकरणका तात्कालीन अध्यक्ष भूपेन्द्र भण्डारीसहित बोर्ड सदस्यहरू स्वतः पदबाट हटेका थिए, जसपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.