बुधबार, असार १०,२०८३ 05:24:06
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:24:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बौद्ध महोत्सव जेठ २३ गते आयोजना हुने

Laxmi Sunrise Bank Limited
बौद्ध महोत्सव जेठ २३ गते आयोजना हुने

काठमाण्डौ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बौद्ध महोत्सव २०८३ - हाम्रो संस्कृति, हाम्रो उत्सव’ आयोजना हुने भएको छ। काठमाण्डौ महानगरपालिका वडा नं. ६ बौद्धको आयोजनामा हुन लागेको यस महोत्सवले बौद्ध क्षेत्रको मौलिक पहिचान, संस्कृति, स्थानीय कला, व्यवसाय, युवा सहभागिता र सामुदायिक एकतालाई एउटै मञ्चमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ । 
 

महोत्सव जेठ २३ गते महेन्द्र बौद्ध माध्यमिक विद्यालय, फूलबारी क्षेत्रमा आयोजना हुनेछ । कार्यक्रममा स्थानीयवासी, युवा, परिवार, व्यवसायी, कलाकार, पर्यटक तथा संस्कृति प्रेमीहरुको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ । 
महोत्सवमा सांस्कृतिक नृत्य, लाखे बाजा, मौलिक झाँकी, स्थानीय कला-हस्तकला, खाद्य स्टल, स्थानीय उत्पादन तथा विविध सांगीतिक प्रस्तुति रहनेछन्। कार्यक्रमलाई अ आकर्षक बनाउन The Axe, Hercules Basnet, The Render, The Pasa Rockers, Phurba & The Band, स्थानीय कलाकारहरू तथा सांस्कृतिक समूहहरु को प्रस्तुति रहनेछ । 

New Office
CG Motors
Garima Development Bank

यस अवसरमा वडा अध्यक्ष भुवन लामाले बौद्ध महोत्सव केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई बौद्ध क्षेत्रको संस्कृति, पर्यटन, स्थानीय व्यवसाय र समुदायलाई जोड्ने सामा अभियान भएको बताउनुभयो । उहाका अनुसार बौद्ध क्षेत्र धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण स्थान भएकाले यसको पहिचानलाई संरक्षण, प्रवर्द्धन र नया पुस्तासम्म र्पुयाउनु महोत्सवको मुख्य उद्देश्य रहेको छ। 

महोत्सवलाई सम्पूर्ण बौद्ध क्षेत्रको साझा उत्सव बनाउन वडा क्षेत्रभित्रका घर, पसल, टोल तथा समुदायमा महोत्सवसम्बन्धी सूचना, ब्यानर तथा प्रचार सामग्रीमार्फत सहभागिताका लागि आह्वान गरिनेछ।

कार्यक्रमको दिन सहभागीहरुलाई मौलिक संस्कृति मल्किने पोशाकमा उपस्थित भई रयाली, बाजा, झाँकी तथा सांस्कृतिक वातावरणसहित कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ । 

कार्यक्रममा आउने सहभागीहरूको सहज आवागमनलाई ध्यानमा राख्दै पार्किङ व्यवस्थापनमा पनि विशेष तयारी गरिएको छ। Utpala Café क्षेत्र, Siddhartha Hall क्षेत्र, बौद्ध पिपलबोट आसपास लगायत सम्भावित स्थानहरूमा पार्किङ व्यवस्था मिलाइनेछ।

ट्राफिक व्यवस्थापन तथा सुरक्षा समन्वयका लागि सम्बन्धित निकाय, स्वयंसेवक र स्थानीय टिम परिचालन गरिनेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

महोत्सवमा देश-विदेशबाट आउने पर्यटकहरुलाई पनि विशेष स्वागत गरिनेछ । बौद्ध क्षेत्र भ्रमणमा आउने विदेशी पर्यटकहरूले यस महोत्सवमार्फत नेपाली संस्कृति, मौलिक बाजा, नृत्य, स्थानीय स्वाद र सामुदायिक उत्सव प्रत्यक्ष अनुभव गर्न सक्नेछन् । यसले बौद्ध क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान र्पुयाउने विश्वास लिइएको छ । 

कार्यक्रम सबैका लागि खुला रहनेछ। स्थानीयवासी, परिवार, सुवा, बालबालिका, व्यवसायी, कलाकार, पर्यटक तथा सम्पूर्ण संस्कृति प्रेमीहरुलाई महोत्सवमा सहभागी भई "हाम्रो बौद्ध, हाम्रो संस्कृति, हाम्रो उत्सव” लाई सफल बनाउन आयोजकले आग्रह गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.