शुक्रबार, असार ५,२०८३ 02:55:45
Bizshala
  • शुक्रबार, असार ५,२०८३ 02:55:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्यूचाटारमा देशकै पहिलो एआई कम्प्यूट सेन्टर, नेपाल डिजिटल युगतर्फ

Laxmi Sunrise Bank Limited
स्यूचाटारमा देशकै पहिलो एआई कम्प्यूट सेन्टर, नेपाल डिजिटल युगतर्फ
Shivam Cement

काठमाडौं । सरकारले नेपाललाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको क्षेत्रीय केन्द्र बनाउने महत्वाकांक्षी योजनाअन्तर्गत काठमाडौंको स्यूचाटारमा देशकै पहिलो ‘सार्वभौम एआई कम्प्यूट सेन्टर’ स्थापना गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त सेन्टरमार्फत नेपालमै उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार विकास गरिने जानकारी दिए।

उनका अनुसार सरकारले हजारौं एआई प्रोसेसिङ युनिट (GPU) खरिद गरी स्वदेशी एआई उद्यमी, स्टार्टअप, अनुसन्धान संस्था तथा प्रविधि कम्पनीलाई सहुलियतपूर्ण दरमा कम्प्युटिङ क्षमता उपलब्ध गराउनेछ।

Bizshala
New Office
CG Motors

‘काठमाडौंको स्यूचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्यूट सेन्टर स्थापना गर्नेछौं,’ अर्थमन्त्री वाग्लेले संसदमा भने, ‘हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराइनेछ।’

नेपालमा एआई, डाटा एनालिटिक्स, मेसिन लर्निङ तथा ठूलो भाषा मोडेल (LLM) मा काम गर्ने कम्पनीहरूका लागि आवश्यक उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार अहिलेसम्म विदेशमा निर्भर रहँदै आएको छ। यसका कारण स्टार्टअपहरूले महँगो विदेशी क्लाउड सेवा प्रयोग गर्नुपर्ने, डाटा सार्वभौमिकता सम्बन्धी चुनौती झेल्नुपर्ने र नवप्रवर्तनको लागत बढ्ने समस्या रहेको थियो।

सरकारले स्थापना गर्न लागेको ‘सार्वभौम एआई कम्प्यूट सेन्टर’ लाई नेपालकै डाटा तथा डिजिटल पूर्वाधारलाई सुरक्षित राख्ने राष्ट्रिय रणनीतिसँग जोडेर हेरिएको छ। विज्ञहरूका अनुसार यस्तो केन्द्र स्थापना भएपछि विश्वविद्यालय, अनुसन्धान संस्था, फिनटेक कम्पनी, स्वास्थ्य प्रविधि, कृषि प्रविधि तथा डिजिटल मिडिया क्षेत्रले समेत प्रत्यक्ष लाभ लिन सक्नेछन्।

Garima Development Bank
Shivam Cement
Bizshala

विशेषगरी विश्वभर एआई प्रविधिमा लगानी र प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला नेपालले पनि आफ्नै कम्प्युटिङ क्षमता विकास गर्ने घोषणा गर्नु नीतिगत रूपमा महत्वपूर्ण कदम मानिएको छ। यसले स्वदेशी स्टार्टअप इकोसिस्टमलाई बलियो बनाउनुका साथै विदेशी लगानी आकर्षित गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

डिजिटल अर्थतन्त्रलाई आगामी दशकको आर्थिक वृद्धिको आधार बनाउने सरकारको लक्ष्यअनुसार यो परियोजनालाई नेपालमा एआई अनुसन्धान, नवप्रवर्तन र प्रविधि उद्यमशीलताको नयाँ अध्यायका रूपमा हेरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.