काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सुकुम्बासीहरुलाई व्यवस्थापन गर्न समय लाग्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा प्रम शाहले सुकुम्बासी बस्तीलाई दिगो रुपमा व्यवस्थापन गर्न समय लाग्ने बताएका हुन् ।
‘सुकुम्बासीलाई दिगो रुपमा व्यवस्थापन गर्न भन्ने बित्तिकै व्यवस्थापन हुँदैन, ३५ वर्षसम्म व्यवस्थापन नभएको विषय ३५ मिनेटमै खोजेर पाइँदैन’ उनले भने, ‘सुकुम्बासीलाई जग्गा व्यवस्थापनका लागि भूमिसम्बन्धी समिति बनेको छ र मन्त्रालयले समेत काम गरेको छ ।’


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।