सोमबार, असार १६,२०८२ 01:05:44
  • सोमबार, असार १६,२०८२ 01:05:44
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकको खुद नाफा २७.७०%ले बढ्यो, खुद ब्याज आम्दानीमा १०३.४९% को उछाल

Hyundai Nepal
लक्ष्मी सनराइज बैंकको खुद नाफा २७.७०%ले बढ्यो, खुद ब्याज आम्दानीमा १०३.४९% को उछाल
Nabil Bank Limited

काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा २७.७० प्रतिशतले धेरै हो ।  

अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब २६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

बैंकको खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । बैंकले समीक्षा अवधिसम्म ८ अर्ब ५३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १०३.४९ प्रतिशतले धेरै हो ।  

बैंकको खुद सञ्चालन आम्दानी ६ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बैंकको कर्मचारी खर्च २ अर्ब ७५ करोड रुपैयाँ र अन्य सञ्चालन खर्च १ अर्ब १६ करोड रुपैयाँ छ । बैंकको इम्पेयरमेन्ट चार्ज ४ अर्ब रुपैयाँले ऋणात्मक रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै बैंकको रिटेन्ड अर्निङ भने १ अर्ब २४ करोड रुपैयाँले ऋणात्मक र रिजर्भको आकार १७ अर्ब ८४ करोड रुपैयाँबराबर छ । बैंकको खराब कर्जा अनुपातमा भने व्यापक वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १.८२ प्रतिशत रहेको खराब बर्जा अनुपात बढेर ५.४९ प्रतिशत पुगेको छ । बैंकको निक्षप संकलन २ खर्ब ९६ अर्बबाट बढेर ३ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । बैंकको कर्जा प्रवाह पनि २ खर्ब ४७ अर्बबाट बढेर २ खर्ब ४९ अर्ब पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)९.२९ रुपैयाँ,प्रतिसेयर  नेटवर्थ १७१.५९ रुपैयाँ,मूल्य आम्दानी अनुपात १६.३८ गुणा र तरलता अनुपात ३०.८६ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.