आईतवार, असार १५,२०८२ 10:38:44
  • आईतवार, असार १५,२०८२ 10:38:45
Global IME Bank Limited

मार्क जुकरबर्गले ल्याए ‘मेटा एआई’, के अन्त्य हुनेछ च्याटजीपीटीको दबदबा ?

Hyundai Nepal
मार्क जुकरबर्गले ल्याए ‘मेटा एआई’, के अन्त्य हुनेछ च्याटजीपीटीको दबदबा ?
Nabil Bank Limited

काठमाण्डौ । मेटाले अन्ततः आफ्नो एआई असिस्टेन्ट लञ्च गरेको छ । मेटाले ‘मेटा एआइ’नामक असिस्टेन्ट लञ्च गरेको हो ।  

यो एआई असिस्टेन्टलाई फेसबुक,इन्स्टाग्राम,ह्वाट्सएप र म्यासेन्जरमा निःशुल्क प्रयोग गर्न सकिनेछ । यो एआई च्याटबटले एललामा थ्रिमा काम गर्ने छ । जुन कम्पनीको सबैभन्दा उच्चस्तरको एआई मोडल हो ।  

मेटा एआईको प्रतिष्पर्धा च्याटजीपीटी र गूगलको जेमिनीसँग हुनेछ । यो प्लेटफर्ममा प्रयोगकर्ताले थ्रप्रै प्रश्न सोध्ने सक्नेछन् । यसका साथै यसमा पहुँच पुर्याउन अन्य प्लेटफर्मको तुलनामा धेरै नै सजिलो हुने जनाइएको छ । यसका लागि अतिरित्त एपको आवश्यकता पर्ने छैन ।  

के गर्न सक्छ मेटा एआई ?

मेटा एआई एउटा‘ट्रू भर्चुअल असिस्टेन्ट हो । जसले तपाईको तमाम प्रश्नहरुको उत्तर दिनेछ । यसले तपाईको जिज्ञाशाहरु समाधान गर्न,सुझाव दिन र कोड्स लेख्न सहयोग गर्नेछ । यसको सहायताले तपाईले फोटो पनि जेनेरेट तथा एनिमेट गर्न सक्नुहुनेछ । 

CG Motors
Muktinath Bikas Bank Limited

ह्वाट्सएप, इस्टाग्राम र म्यासेन्जरमा मेटा एआई एउटा भिन्न च्याटको रुपमा देखिनेछ । ह्वाट्स एपमा तपाईको कन्भर्सेसन प्राइभेट हुनेछ र अन्य ह्वाट्सएप प्रयोगकर्तालाई देखिने छैन । यसलाई मेटाको प्लेटफर्महरुमा सजिलै कुनै नयाँ एप डाउनलोड नगरिकनै प्रयोग गर्न सकिन्छ ।  

कस्तो छ यो एआई असिस्टेन्टको फाइदा ?

यसको प्रयोग फेसबुकमा पनि गर्न सकिनेछ । फेसबुकमा यो एआई असिस्टेन्टको सहायताले कुनै पनि पोस्टको बारेमा थप जानकारी माग्न सकिन्छ । यदि कसैले फेसबुकमा इतिहाससँग सम्बन्धीत कुनै पोस्ट गर्यो भने, एआईको सहयोगले त्यो विषयमा अन्य थप जानकारी लिन सकिनेछ । यसका लागि फेसबुक बन्द गरेर अन्य प्लेटफर्ममा जान आवश्यक पर्दैन ।  

यसका साथै मेटा एआईलाई डेस्कटपमा पनि एक्सेस गर्न सकिन्छ । यसका लागि मेटा डट एआईको आधिकारिक डोमेनमा जानुपर्ने हुन्छ । यहाँ फेसबुक अकाउन्टबाट साइन इन गर्नुपर्ने हुन्छ । तत्कालका लागि मेटा एआई अंग्रेजी भाषामा मात्रै उपलब्ध छ । -एजेन्सी   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.