शनिबार, असार २०,२०८३ 06:26:47
Bizshala
  • शनिबार, असार २०,२०८३ 06:26:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बीमा कम्पनीहरुको रु.३.७३ अर्ब अपचलन गरेको आरोपमा ४२ जनाविरुद्ध मुद्दा दायर

Laxmi Sunrise Bank Limited
बीमा कम्पनीहरुको रु.३.७३ अर्ब अपचलन गरेको आरोपमा ४२ जनाविरुद्ध मुद्दा दायर

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स र यसका सहायक कम्पनीहरुबाट पौने ४ अर्ब हिनामिना गरेको आरोपमा ४२ जना जना व्यक्ति तथा संस्थाविरुद्ध मुद्दा दायर गरिएको छ ।  

बीमा कम्पनीहरुको ३ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ अपचलन गरेको आरोपमा ४२ जनाविरुद्ध बीमासम्बन्धी कसुरमा जिल्ला अदालत, काठमाण्डौमा मुद्दा दायर भएको हो ।  

नेपाल धितोपत्र बोर्डको छानबिनबाट बीमा कम्पनीहरूको रकम गैरकानुनी रूपमा सेयर बजारमा लगानी गरिएको तथा उक्त रकम फिर्ता नगरिएको तथ्य खुलेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सम्पन्न गरी अभियोजन प्रक्रिया अघि बढाएको हो ।

अभियोगपत्रअनुसार शंकर भट्टले हिमालयन रिइन्स्योरेन्स लिमिटेड र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको गरी २ अर्ब ८९ करोड २० लाख ४८ हजार रुपैयाँ दुरुपयोग गरेका छन् ।  

यस्तै, राजबहादुर शाहले ८९ करोड ७० लाख ९७ हजार रुपैयाँ, ऋषिराम मोरले २३ करोड १ लाख रुपैयाँ, सुभी अग्रवालले ६२ करोड ८९ लाख रुपैयाँ तथा हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडले २२ लाख २६ हजार रुपैयाँ दुरुपयोग गरेको आरोप लगाइएको छ ।

New Office
CG Motors
Garima Development Bank

अभियोगपत्रमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स तथा तिनका सहायक कम्पनीहरूको रकम योजनाबद्ध रूपमा असम्बद्ध व्यक्ति तथा संस्थाको नाममा प्रयोग गरी बिमकलाई आर्थिक क्षति पुर्याइएको उल्लेख गरिएको छ ।

अनुसन्धानका क्रममा भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत बीमा कम्पनीहरूको रकम प्रयोग गरी सेयर खरिद गरिएको पाइएको छ । साथै, धितोपत्रमा लगानी गर्न आवश्यक बीमा प्राधिकरणको स्वीकृति समेत नलिइएको खुलेको छ ।

यस प्रकरणमा बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष मदन दाहाल र शरद ओझालाई समेत प्रतिवादी बनाइएको छ । अनुसन्धानले उनीहरूले अनियमित कार्यमा सहयोग गरेको निष्कर्ष निकालेको छ ।  मुद्दामा शंकर भट्टविरुद्ध २ अर्ब ८९ करोड रुपैयाँ, सुलभ अग्रवालविरुद्ध ३ अर्ब ७३ करोड रुपैयाँ, सुभी अग्रवालविरुद्ध ६२ करोड रुपैयाँ, ऋषिराम मोरविरुद्ध २३ करोड रुपैयाँ तथा राजबहादुर शाहविरुद्ध ८९ करोड रुपैयाँ बिगो दाबी गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, नेपाल रिइन्स्योरेन्ससँग सम्बन्धित शेखर गोल्छा, अमित मोर, साहिल अग्रवाल, रोहित गुप्ता, राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाला, उपासना पौडेल, मनीषकुमार र दीपककुमार श्रेष्ठविरुद्ध संयुक्त रूपमा २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ बिगो कायम गरिएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सका सञ्चालक तथा व्यवस्थापक आशिष श्रेष्ठ, सिद्धार्थ झुनझुनवाला, ललिता गोल्यान, सुनिता श्रेष्ठ, अनुप ताम्राकार, बद्री सिग्देल, प्रविना दाहाल र मृगेन्द्रनाथ रिमालविरुद्ध १६ करोड १७ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

यस्तै, हिमालयन सेक्युरिटी बैंकरका पदाधिकारीहरूविरुद्ध २२ करोड १९ लाख रुपैयाँ, हिमालयन क्यापसर्भका सञ्चालकहरुविरुद्ध ३७ करोड रुपैयाँ तथा हिमालयन इन्भेस्टमेन्ट बैंकर र एचएलआई लार्ज क्याप फन्डसँग आबद्ध पदाधिकारीहरुविरुद्ध संयुक्त रूपमा २५ करोड ३७ लाख रुपैयाँ बिगो कायम गरिएको छ ।

भृकुटी स्टक ब्रोकिङ कम्पनीका कार्यकारी अध्यक्ष सन्दीप चाचन अग्रवालसहित अन्य पदाधिकारीविरुद्ध संयुक्त रूपमा ३ अर्ब ७३ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिएको अदालत स्रोतले जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.