शनिबार, श्रावण २,२०८३ 09:25:07
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:25:07
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया लघुवित्तको आठौँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षयमा चालिसे चयन

एनआईसी एशिया लघुवित्तको आठौँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षयमा चालिसे चयन
New Office

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएकोृ छ । संस्थाको उक्त सभा जेठ ३० गते गोर्खा होटेल, चतरा लाईन, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको हो ।

उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आव २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण २०८२ असार मसान्तको वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

उक्त सभामा प्रचलित कानून तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको सञ्चालक निर्वाचन कार्यक्रमबाट संस्थापक समुहतर्फ एनआईसी एशिया बैंक लिमिटेडबाट मनोनित भई प्रतिनिधित्व गरेका लक्ष्मण चालिसे, विभोर कुमार अग्रवाल, दिपेन्द्र शर्मा र पुष्कर राज जोशी तथा सर्वसाधारण समुहतर्फ बलराम पौडेल र मिलन सिग्देल निर्विरोध सञ्चालक पदमा निर्वाचित भएका छन् ।

साथै, साधारण सभा सम्पन्न भए पश्चात् बसेको सञ्चालक समितिको बैठकबाट नव निर्वाचित सञ्चालक लक्ष्मण चालिसेलाई सर्वसम्मतिका साथ अध्यक्षको पदमा चयन गरिएको छ । नव निर्वाचित सञ्चालकहरुको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.