सोमबार, आश्विन १९,२०८३ 08:48:40
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 08:48:40
Bizshala
Global IME Bank Limited

वर्षा–पहिरोले देशका मुख्य राजमार्ग प्रभावित, कोशी–बागमती–गण्डकीका सडक खण्ड अवरुद्ध

Bizshala
वर्षा–पहिरोले देशका मुख्य राजमार्ग प्रभावित, कोशी–बागमती–गण्डकीका सडक खण्ड अवरुद्ध
New Office

काठमाण्डौ । देशभर लगातार भइरहेको वर्षा, बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण प्रमुख राजमार्गहरूमा यातायात सेवा प्रभावित बनेको छ।

सडक विभागले सार्वजनिक गरेको पछिल्लो अवस्थाअनुसार आज बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न मुख्य सडक खण्डमा पूर्ण तथा आंशिक अवरोध कायम रहेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कोशी प्रदेशमा बाढीका कारण तीन प्रमुख राजमार्ग प्रभावित बनेका छन्।  

भोजपुर नगरपालिका–५ बोखिम र पाँचथरको याङ्वरक गाउँपालिका–२ दोभान क्षेत्रमा मध्यपहाडी लोकमार्ग बाढीको प्रभावले आंशिक रूपमा अवरुद्ध भएको छ।  

ती स्थानमा पानीको बहाव बढेपछि सडक जोखिमपूर्ण बनेको विभागले जनाएको छ।

त्यसैगरी इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा आएको बाढीले मेची राजमार्गमा पनि अवरोध पुर्‍याएको छ।  

सडकमा माटो र ढुंगा थुप्रिएपछि यातायात सञ्चालनमा कठिनाइ भएको हो।  

हाल यी तीनै स्थानमा एकतर्फी रूपमा सीमित सवारी आवागमन भइरहेको सडक विभागले स्पष्ट पारेको छ।

बागमती प्रदेशमा बीपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डलाई सम्भावित बाढी जोखिमका कारण पूर्ण रूपमा बन्द गरिएको छ।  

नदी कटान र पहिरोको खतरा बढेपछि तत्कालका लागि यातायात रोकिएको र अवस्था मूल्यांकनपछि मात्र पुनः सञ्चालनबारे निर्णय हुने जनाइएको छ।

त्यसैगरी मकवानपुरको कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक खण्डमा हाल मर्मत तथा पुनर्संरचना कार्य जारी छ। 

सडक संरचना कमजोर भएकाले यो मार्ग एक महिनासम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ।  

यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

गण्डकी प्रदेशमा पहिरोका कारण दुई प्रमुख सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।  

लमजुङको बेसीसहर नगरपालिका–६ खरखरे भिर क्षेत्रमा खसेको ठूलो पहिरोले बेसीसहर–मनाङ सडक पूर्ण रूपमा ठप्प पारेको छ।

पहिरो हटाउने प्रयास भइरहे पनि निरन्तर वर्षाका कारण काममा ढिलाइ भइरहेको जनाइएको छ।

त्यसैगरी नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–३ घोक्रफाट क्षेत्रमा आज बिहान खसेको पहिरोले कालीगण्डकी करिडोरमा पनि पूर्ण अवरोध सिर्जना गरेको छ।  

सडकमा ठूलो मात्रामा ढुंगा र माटो थुप्रिएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ।

सडक विभागले यात्रुहरूलाई अनावश्यक यात्रा नगर्न, वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रा अघि सडक र मौसम अवस्थाबारे अद्यावधिक जानकारी लिन आग्रह गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.