सोमबार, आश्विन १९,२०८३ 07:51:30
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 07:51:30
Bizshala
Global IME Bank Limited

कञ्चनपुरमा अत्यधिक गर्मी, बेदकोटमा ४ दिन, भीमदत्तमा १२ दिन विद्यालय बिदा

Bizshala
कञ्चनपुरमा अत्यधिक गर्मी, बेदकोटमा ४ दिन, भीमदत्तमा १२ दिन विद्यालय बिदा
New Office

काठमाण्डौ । अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय बिदा घोषणा गरेका छन्।

तापक्रम असामान्य रूपमा बढ्दै गएपछि विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बेदकोट नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।  

पालिकाका अनुसार मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बिदा दिइएको हो।  

मौसम प्रतिकूल भएसँगै विद्यार्थीलाई गर्मीजन्य स्वास्थ्य जोखिमबाट जोगाउन यो निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

यस्तै भीमदत्त नगरपालिकाले पनि अत्यधिक गर्मीलाई मध्यनजर गर्दै विद्यालयमा लामो बिदा दिने निर्णय गरेको छ। 

पालिकाका अनुसार ८ गतेदेखि असार १९ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी तथा वर्षे बिदा एकमुष्ट रूपमा लागू हुनेछ।

कञ्चनपुरमा पछिल्लो एक सातादेखि तापक्रम निरन्तर बढ्दै गएको छ।

गर्मीका कारण दैनिक जनजीवन प्रभावित हुनुका साथै विद्यार्थीहरूलाई विद्यालय जान–आउनसमेत कठिनाइ भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लामा आगामी केही दिनसम्म तातो लहर ९जभबतधबखभ० चल्ने सम्भावना रहेकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।  

अत्यधिक गर्मीका बेला अनावश्यक बाहिर ननिस्कन, पर्याप्त पानी पिउन र स्वास्थ्य सुरक्षामा ध्यान दिन सुझाव दिइएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.