सोमबार, श्रावण १८,२०८३ 07:43:38
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:43:38
Bizshala
Global IME Bank Limited

बजेटमाथि असन्तुष्टि जनाउँदै नेकपाको अवरोध, कर्णाली प्रदेशसभा बैठक अनिश्चित

बजेटमाथि असन्तुष्टि जनाउँदै नेकपाको अवरोध, कर्णाली प्रदेशसभा बैठक अनिश्चित
New Office

काठमाण्डौ । कर्णाली प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अवरोध गरेपछि अनिश्चितकालका लागि स्थगित भएको छ।

बिहीबार दिउँसो १ बजे बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनअन्तर्गतको चौधौँ बैठक बजेटमाथिको छलफलका लागि तय गरिएको थियो। 

कार्यसूचीअनुसार विषयगत मन्त्रालयहरूमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल अघि बढाउने तयारी भएपनि बैठक शुरु भएलगत्तै अवरोध उत्पन्न भएको हो।

बैठकको प्रारम्भमै नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहीले सरकारद्वारा प्रस्तुत बजेटप्रति असन्तुष्टि जनाउँदै प्रक्रिया अघि बढ्न नदिने घोषणा गरेका थिए।  

उनले बजेट निर्माण प्रक्रियामा सरकार स्वयंले कमजोरी गरेको तर प्रतिपक्षको सुझाव र असन्तुष्टिलाई बेवास्ता गर्दै बहुमतको आडमा निर्णय थोपर्ने प्रवृत्ति लोकतान्त्रिक अभ्यासविपरीत रहेको टिप्पणी गरे।

शाहीले बजेट अपूर्ण, असन्तुलित र त्रुटिपूर्ण रहेको दाबी गर्दै यसलाई सच्याउनुपर्ने माग दोहोर्याए। 

तर, सत्तापक्षले भने बजेटलाई सामान्य प्रक्रियाअनुसार अघि बढाउनुपर्ने अडान राखेको बताइएको छ।

त्यसपछि नेकपाका सांसदहरू सामूहिक रूपमा उठेर बैठक सञ्चालनमा अवरोध गरेका थिए।  

लगातारको अवरोधपछि सभामुख नन्दा गुरुङले स्थिति सामान्य बनाउन भन्दै बैठक १५ मिनेटका लागि स्थगित गरेकी थिइन्।

तर निर्धारित समयपछि पनि सहमति नजुट्दा बैठक पुनः सञ्चालन हुन सकेको छैन र कर्णाली प्रदेशसभा बैठक अनिश्चित बनेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.