काठमाण्डौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन्।
उनीहरू सोमबार विराटनगरस्थित कोइराला निवास पुगेर नेता डा. शेखरसँग शिष्टाचार भेट तथा राजनीतिक छलफल गरेका हुन्।
डा. शेखरको सचिवालयका अनुसार भेटका क्रममा नेताहरूबीच देशको वर्तमान समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय मुद्दा तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल भएको थियो।
भेटलाई दलहरूबीच संवाद र सहकार्यको सम्भावनाबारे अनौपचारिक आदानप्रदानका रूपमा हेरिएको छ।
यद्यपि छलफलका विस्तृत विषयवस्तु सार्वजनिक गरिएको छैन।
नेताहरूबीचको यो भेटलाई आगामी राजनीतिक समीकरण र दलगत सम्बन्धका दृष्टिले चासोका साथ हेरिएको छ।

