आईतवार, फाल्गुन ११,२०८१ 03:47:05
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:47:05
IME remit
Global IME Bank Limited

टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर सार्वजनिक, लाइफ टाइम ब्याट्रीको सुनिश्चितता

Hyundai Nepal
टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर सार्वजनिक, लाइफ टाइम ब्याट्रीको सुनिश्चितता
Nabil Bank Limited

काठमाण्डौ । नेपालमा दिगो यात्रा प्रवर्द्धन गर्ने प्रतिबद्धताका साथ जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाईफ टाईम ब्याट्रि अस्योरेन्सको साथ ‘टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर’ सार्वजनिक गरेको छ । नेपालीहरुलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेको ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत हो । त्यसैले यहि विषयलाई सम्बोधन गर्दै टिभिएसले आईक्यूब मार्फत नेपालमा ईलेट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्देश्य राखेको छ ।  

ब्याट्री अस्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले ७० प्रतिशत एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने छन् । नेपालमा टिभिएस आईक्यूब र टिभिएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरु उपलब्ध हुनेछ । ग्राहकहरुले २ लाख ९९ हजार ९०० रुपैयाँमा टिभिएस आईक्यूब खरिद गर्न पाउने कम्पनीले जनाएको छ ।  

टिभिएस आईक्यूवका दुई पाङग्रे सवारी साधनहरुले नेपालमा ४ लाख ११ हजार किलोमिटर यात्रा तय गरेर १० हजार २७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३ हजार ७६२ किलो कार्वन उत्सर्जन हुन रोकेको छ । विश्वमा टिभिएस आईक्यूवका करिव ३ लाख ग्राहकहरुले करिब १.९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन् भने ६९ हजार ५९० टन कार्वन उत्सर्जन हुनबाट रोकेका छन् ।  

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले जगदम्बाको पहिलो ईलेक्ट्रिक स्कुटर नेपालमा ल्याउन पाउँदा उत्साहित भएको बताए ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

‘हामी विश्वस्त छौँ कि लाइफटाइम ब्याट्री एश्योरेन्सको साथ नेपालको स्कुटर बजारमा विद्युतीय सवारीको प्रयोग उल्लेखनीय रूपमा वृद्धि हुनेछ । ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले पाँच वर्षमै इन्धन र मर्मतमा १ लाख ३५ हजार रुपैयाँ बचत गर्न सफल हुनेछन् ।’ उनले भने, ‘पेट्रोलको मूल्य बढेसँगै यो बचत पनि बढ्नेछ । आईक्यूबका प्रत्येक ग्राहकले नेपालको पेट्रोल खपत प्रति वर्ष करिव ३०० लिटरले कम गर्नेछन् र कार्वन उत्सर्जन प्रति वर्ष ६९० केजिले घटाउनेछन् जुन पेट्रोल आयात गर्ने र पर्यटकीय गन्तव्य रहेको नेपाल जस्तो देशको लागि ठूलो कुरा हो ।”

आई क्यूबले ग्राहकहरूलाई प्रिमियम साइलेन्ट राइडिङ अनुभवका साथ आरामदायी यात्रा दिनुका साथै नेपालमा ३३ डिलरहरूमा उपलब्ध रहेको आईक्यूबको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँबाट सुरु हुने गुप्ताले बताए ।  

आईक्यूबका विशेषताहरु  

Peak Power 4.6 kW, Torque 140 Nm

Rated power 3.34 kW

Top Speed – 78 km/h

Acceleration – 0-40 km/h in 4.2 seconds

Range on single charge – 100 kms

Parking Assist – Reverse/Forward

7” TFT cluster, with an intuitive 5-way joystick

Music Player Control

Night Mode

Smart Helmet Connectivity

Incoming call/SMS Alert

Document Storage on cluster

Under seat storage – 32 litres

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.