सोमबार, श्रावण १८,२०८३ 08:58:10
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 08:58:10
Bizshala
Global IME Bank Limited

होल्डिङ सेन्टर खाली गर्ने म्याद पुनः थप, असार १९ भित्र छोड्न सरकारको निर्देशन

होल्डिङ सेन्टर खाली गर्ने म्याद पुनः थप, असार १९ भित्र छोड्न सरकारको निर्देशन
New Office

काठमाण्डौ । सरकारले होल्डिङ सेन्टरमा अस्थायी रूपमा आश्रय लिइरहेका सुकुमबासी परिवारलाई केन्द्र खाली गर्न थप समय दिएको छ।  

नयाँ निर्णयअनुसार अब उनीहरूले असार १९ गतेभित्र अनिवार्य रूपमा होल्डिङ सेन्टर छोडिसक्नुपर्नेछ।

यसअघि असार १२ गतेसम्मको समयसीमा तोकिएको थियो। तर पर्याप्त समय नपुगेको भन्दै प्रभावित परिवारले गरेको आग्रहलाई ध्यानमा राख्दै सरकारले म्याद थप गर्ने निर्णय गरेको हो।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै नयाँ समयसीमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।  

यसअघि असार ९ गते जारी सूचनामार्फत असार १२ गतेभित्र केन्द्र खाली गर्न निर्देशन दिइएको थियो।

काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमयुक्त बस्तीहरू हटाइएपछि विस्थापित परिवारलाई अस्थायी रूपमा विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो।

हाल उनीहरूको पहिचान तथा अभिलेखीकरणको कामसँगै व्यवस्थापन प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।

सरकारले प्रभावित परिवारलाई वैकल्पिक आवासका लागि २५ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने तयारी पनि गरेको छ।  

सो सहयोग प्राप्त गर्न इच्छुक लाभग्राहीले असार १५ गतेभित्र दशरथ रंगशालामा पुगेर बैंक खाता विवरणसहित निवेदन दिनुपर्नेछ।

सरकारले दीर्घकालीन पुनःस्थापनाको योजना कार्यान्वयन गर्दै अस्थायी रूपमा राखिएका परिवारलाई क्रमशः सुरक्षित र व्यवस्थित आवासतर्फ स्थानान्तरण गर्ने जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.