सोमबार, श्रावण १८,२०८३ 07:47:59
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:47:59
Bizshala
Global IME Bank Limited

नेपाल–बंगलादेश थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजना भारतको अनुमति नपाउँदा अड्कियो

नेपाल–बंगलादेश थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजना भारतको अनुमति नपाउँदा अड्कियो
New Office

काठमाण्डौ । नेपालले भारतको प्रसारण लाइन प्रयोग गर्दै बंगलादेशतर्फ थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजना अघि बढाएपनि भारतीय पक्षले प्राविधिक कारण देखाउँदै अनुमति दिन ढिलाइ गरेको छ।

हाल नेपालबाट भारत हुँदै बंगलादेश ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ।

२०२५ नोभेम्बरमा भएको नेपाल–बंगलादेश सचिवस्तरीय बैठकले थप २० मेगावाट निर्यातका लागि सैद्धान्तिक सहमति गरेपनि कार्यान्वयन अघि बढ्न सकेको छैन।

भारतको केन्द्रीय विद्युत् प्राधिकरण ९ऋभ्ब्० ले भारत–बंगलादेश लिंकमा सीमित ३०–४० मेगावाट मात्रै अतिरिक्त क्षमता रहेको र थप विद्युत् प्रवाह गर्दा प्रणालीमा जोखिम हुने जनाएको छ।  

त्यसैले अनुमति दिन नसकिने वा उच्चस्तरीय बैठकबाट निर्णय गर्नुपर्ने संकेत गरेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार नेपाल तत्काल थप २० मेगावाट पठाउन तयार भएपनि भारतले ‘नेटवर्क ओभरलोड’ र प्राविधिक जोखिमको तर्क अघि सारेको छ।  

यद्यपि, केही जोखिम लिएर भएपनि आपूर्ति सम्भव हुन सक्ने नेपाल पक्षको बुझाइ छ।

त्रिपक्षीय सम्झौता ९नेपाल–भारत–बंगलादेश० अन्तर्गत विद्युत् व्यापार अघि बढाउन आवश्यक सचिवस्तरीय तथा कार्यसमूह बैठकहरू लामो समयदेखि बस्न सकेका छैनन्, जसका कारण प्रक्रिया अड्किएको छ।

नेपालले कूटनीतिक माध्यमबाट बैठक बोलाउन पहल गरिरहेको छ भने भारतीय सहमतिको प्रतीक्षा भइरहेको छ।  

ऊर्जा व्यापारसँगै अन्य वस्तु निर्यातमा समेत असर परेको आशंका गरिएको छ।

समग्रमा, नेपाल–बंगलादेश विद्युत् व्यापार विस्तार भारतको प्रसारण लाइन प्रयोग गर्नुपर्ने बाध्यताका कारण प्राविधिकभन्दा बढी कूटनीतिक अड्कोमा परेको देखिन्छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.