सोमबार, श्रावण १८,२०८३ 07:45:44
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:45:44
Bizshala
Global IME Bank Limited

भेनेजुएलाको विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या ९२० पुग्यो, उद्धार अभियान जारी

भेनेजुएलाको विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या ९२० पुग्यो, उद्धार अभियान जारी
New Office

काठमाण्डौ । भेनेजुएलामा केही दिनअघि आएको शक्तिशाली दोहोरो भूकम्पपछि ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ।  

सरकारी अधिकारीहरूले शनिबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हजारौँ घाइते भएका छन् भने सयौँ मानिस अझै भग्नावशेषमा फसेको आशंका गरिएको छ।

गत बुधबार केही सेकेन्डको अन्तरमा दुईवटा शक्तिशाली भूकम्प गएका थिए।  

तीमध्ये दोस्रो भूकम्पको तीव्रता ७।५ म्याग्निच्युड मापन गरिएको थियो, जसले राजधानी काराकाससहित देशका विभिन्न क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ।

सरकारी तथ्याङ्कअनुसार भूकम्पमा परी ३ हजार ३६० भन्दा बढी व्यक्ति घाइते भएका छन्।  

सयौँ आवासीय भवन, सरकारी कार्यालय तथा अन्य संरचना पूर्ण वा आंशिक रूपमा ध्वस्त भएका छन्।  

विशेषगरी राजधानी काराकास र उत्तरी तटीय राज्य ला गुइरा सबैभन्दा बढी प्रभावित भएका क्षेत्र हुन्।

ला गुइरामा देशको प्रमुख समुद्री बन्दरगाह र अन्तर्राष्ट्रिय विमानस्थल रहेकाले भूकम्पले यातायात, आपूर्ति प्रणाली तथा अत्यावश्यक सामग्री ढुवानीमा समेत गम्भीर असर पारेको छ।  

क्षतिग्रस्त सडक, पुल र पूर्वाधारका कारण राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन्।

राष्ट्रिय सभाका प्रमुख जर्ज रोड्रिग्वेजका अनुसार हाल पनि कम्तीमा १७२ जना मानिस भग्नावशेषमुनि फसेको अनुमान गरिएको छ।  

उद्धारकर्मीहरूले भारी उपकरण, खोजी कुकुर र आधुनिक प्रविधिको प्रयोग गर्दै जीवित व्यक्तिको खोजीलाई तीव्र बनाएका छन्।  

प्रभावित क्षेत्रमा आफन्तको खोजीमा व्याकुल परिवारहरूको भीड अझै कायम छ।

पहिलेदेखि नै आर्थिक संकट, स्वास्थ्य सेवा अभाव र कमजोर पूर्वाधारसँग जुधिरहेको भेनेजुएलाका लागि यो प्राकृतिक विपत्ति थप चुनौती बनेको छ।  

धेरै अस्पतालमा औषधि, शल्यचिकित्सा सामग्री र आवश्यक स्वास्थ्य उपकरणको अभाव देखिएको छ।  

चिकित्सकहरूले सीमित स्रोतसाधनका बीच हजारौँ घाइतेको उपचार गर्न कठिन भइरहेको बताएका छन्।

विपद्पछि अन्तर्राष्ट्रिय समुदायले पनि सहयोगलाई तीव्रता दिएका छन्।  

बेलायत ले विशेषज्ञ उद्धार टोली, खोजी कुकुर र ड्रोनसहितको सैन्य विमान परिचालन गरेको छ भने अमेरिकाले १५० मिलियन अमेरिकी डलर बराबरको आपत्कालीन सहायता घोषणा गर्दै नौसैनिक सहायता परिचालन गरेको छ।  

दरल्याण्ड्स, मेक्सिको र स्विजरल्याण्ड लगायतका मुलुकहरूले पनि उद्धार तथा राहत टोली प्रभावित क्षेत्रमा पठाएका छन्।

राजनीतिक संक्रमणकै बीच कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेज ले राहत तथा उद्धार अभियानको नेतृत्व गरिरहेकी छन्।  

सरकारले प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था कायम राख्दै खोज, उद्धार र राहत कार्यलाई निरन्तरता दिएको जनाएको छ।

यसबीच, भूकम्पपछि २१४ भन्दा बढी पराकम्प (आफ्टरशक) रेकर्ड भइसकेका छन्।  

विज्ञहरूले अझै थप पराकम्प आउने सम्भावना रहेकाले जोखिमपूर्ण भवनमा प्रवेश नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्।

संयुक्त राष्ट्रसंघले भेनेजुएलामा उत्पन्न मानवीय संकटलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको अपिल गर्दै प्रभावित लाखौँ नागरिकलाई तत्काल राहत, स्वास्थ्य सेवा र पुनःस्थापनामा सहयोग गर्न आग्रह गरेको छ।

एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.