सोमबार, श्रावण १८,२०८३ 07:46:08
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:46:08
Bizshala
Global IME Bank Limited

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लुको जोखिम बढ्यो, नियन्त्रणका लागि उच्च सतर्कता

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लुको जोखिम बढ्यो, नियन्त्रणका लागि उच्च सतर्कता
New Office

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा बर्डफ्लु संक्रमणको जोखिम बढ्दै गएपछि पशुसेवा विभागले रोग नियन्त्रण तथा निगरानी अभियानलाई तीव्र बनाएको छ।  

संक्रमण फैलिन नदिन प्राविधिक टोली परिचालन, नियमित नमूना परीक्षण, संक्रमित फार्मको व्यवस्थापन तथा किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको विभागले जनाएको छ।

विभागका अनुसार काठमाण्डौ, भक्तपुर, ललितपुर र काभ्रे जिल्लामा संक्रमणको जोखिम सबैभन्दा बढी देखिएकाले ती क्षेत्रमा विशेष निगरानी सञ्चालन गरिएको छ।  

विभिन्न प्रयोगशालामार्फत दैनिक रूपमा नमूना परीक्षण गरिनुका साथै शंकास्पद फार्मको अनुगमनसमेत बढाइएको छ।

पशुसेवा विभागका अनुसार करिब तीन महिनाअघि शुरु भएको बर्डफ्लु संक्रमण हालसम्म ११ जिल्लामा फैलिसकेको छ।  

संक्रमण थप विस्तार हुन नदिन केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक रूपमा नियन्त्रण अभियान सञ्चालन भइरहेको विभागले जनाएको छ ।  

हालसम्म करिब एक सय कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भइसकेको विभागले जनाएको छ।  

संक्रमण देखिएका फार्ममा रहेका कुखुरा, अण्डा, दाना तथा अन्य संक्रमित सामग्री नष्ट गरिएको छ।  

संक्रमणको चक्र तोड्न प्रभावित फार्महरूमा कम्तीमा डेढ महिनासम्म नयाँ चल्ला नराख्न व्यवसायीलाई आग्रह गरिएको छ।

काठमाडौं उपत्यकामा चन्द्रागिरि, कीर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चाँगुनारायण, सूर्यविनायकलगायत क्षेत्रमा रहेका पोल्ट्री फार्ममा संक्रमण पुष्टि भइसकेको विभागले जनाएको छ।

ती क्षेत्रमा जैविक सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिनुका साथै नियमित अनुगमन जारी रहेको छ।

विभागका अनुसार बर्डफ्लु अत्यन्त संक्रामक भाइरल रोग भएकाले यसको प्रभावकारी उपचार तथा व्यावसायिक रूपमा प्रयोग हुने खोप उपलब्ध छैन।

त्यसैले संक्रमण पुष्टि भएका पन्छीलाई तत्काल नष्ट गर्नु नै रोग नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय मानिएको छ।

विभागले  बर्डफ्लु मानिसमा पनि सर्न सक्ने सम्भावना रहेकाले कुखुरा व्यवसायी, फार्म सञ्चालक तथा उपभोक्तालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छ।  

बिरामी वा अस्वाभाविक रूपमा मरेका पन्छीको सम्पर्कमा नजान, सुरक्षात्मक सामग्री प्रयोग गर्न तथा शंकास्पद अवस्था देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन उनले अनुरोध गरेका छन्।

संक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रस्तरीय बर्डफ्लु समन्वय समिति गठन गरिएको छ भने प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला समन्वय समिति सक्रिय रूपमा परिचालित छ।  

यी समितिले संक्रमण नियन्त्रण, अनुगमन, नमूना परीक्षण तथा प्रभावित किसानलाई राहत उपलब्ध गराउने कार्यको समन्वय गरिरहेका छन्।

बर्डफ्लुका कारण नष्ट गरिएका कुखुरा, अण्डा, दाना तथा अन्य सामग्रीको प्रमाणका आधारमा किसानलाई राहत उपलब्ध गराइने व्यवस्था गरिएको छ। 

विभागका सूचना अधिकारी मुकुल उपाध्यायका अनुसार जिल्ला समन्वय समितिले निर्धारण गरेको दररेटका आधारमा किसानलाई लागत मूल्यको ७५ प्रतिशतसम्म क्षतिपूर्ति प्रदान गरिनेछ।

पशुसेवा विभागले पोल्ट्री व्यवसायीलाई फार्ममा जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न, बाहिरी व्यक्तिको प्रवेश नियन्त्रण गर्न, उपकरण तथा सवारीसाधनलाई नियमित रूपमा निसंक्रमण गर्न र कुनै पनि अस्वाभाविक मृत्यु वा रोगको लक्षण देखिए तत्काल पशु स्वास्थ्य कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। 

विभागले संक्रमण नियन्त्रणका लागि सरकारी निकाय, किसान र व्यवसायीबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.