शनिबार, असार १३,२०८३ 10:59:11
Bizshala
  • शनिबार, असार १३,२०८३ 10:59:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

होर्मुज जलमार्गमा जहाजमाथि आक्रमणपछि अमेरिकाको इरानमा हवाई प्रहार, क्षेत्रीय तनाव फेरि चुलियो

Laxmi Sunrise Bank Limited
होर्मुज जलमार्गमा जहाजमाथि आक्रमणपछि अमेरिकाको इरानमा हवाई प्रहार, क्षेत्रीय तनाव फेरि चुलियो

काठमाण्डौ । मध्यपूर्वको संवेदनशील होर्मुज जलमार्गमा एक व्यापारिक कार्गो जहाजमाथि ड्रोन आक्रमण भएपछि अमेरिका र इरानबीचको तनाव फेरि उत्कर्षमा पुगेको छ।  

अमेरिकाले उक्त घटनालाई युद्धविरामको गम्भीर उल्लङ्घनको संज्ञा दिँदै इरानका मिसाइल, ड्रोन तथा तटीय सैन्य संरचनामाथि लक्षित हवाई आक्रमण गरेको जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि युद्धविरामको सहमति उल्लङ्घन गरेको आरोप लगाएलगत्तै अमेरिकी सेनाले सैन्य कारबाही अघि बढाएको हो।  

ट्रम्पले पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै इरानको पछिल्लो गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

घटना बिहीबार होर्मुज जलमार्गमा भएको थियो, जहाँ सिंगापुरको झण्डावाहक कार्गो जहाज ‘एभर लभ्ली’ माथि एकतर्फी आक्रमण गर्ने ड्रोनले प्रहार गरेको बताइएको छ।  

प्रारम्भिक विवरणअनुसार आक्रमणबाट जहाजमा सामान्य क्षति पुगे पनि चालक दलका कुनै सदस्य हताहत भएका छैनन्।

जहाज सञ्चालक कम्पनी एभरग्रिनले जहाज अन्तर्राष्ट्रिय समुद्री सुरक्षा निकायले सिफारिस गरेको सुरक्षित मार्गमै सञ्चालन भइरहेको बेला आक्रमण भएको जनाएको छ।  

बेलायती समुद्री सुरक्षा निकाय (यूकेएमटिओ) का अनुसार जहाज ओमानको डाहिट बन्दरगाहबाट करिब ७.५ नटिकल माइल दक्षिण–पूर्वमा पुगेको बेला निशाना बनाइएको थियो।

यस घटनापछि अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले शुक्रबार इरानका मिसाइल भण्डारण केन्द्र, ड्रोन सञ्चालन आधार तथा तटीय राडार प्रणाली रहेका स्थानहरूमा हवाई आक्रमण गरेको पुष्टि गरेको छ।  

सेन्टकमले जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय व्यापारिक जहाजमाथिको आक्रमणलाई अस्वीकार्य भन्दै समुद्री मार्गको स्वतन्त्रता जोगाउन आवश्यक कदम चालिएको उल्लेख गरिएको छ।

अमेरिकी पक्षले व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न आफ्नो सैन्य उपस्थिति निरन्तर रहने जनाएको छ।  

यद्यपि हाल गरिएको हवाई कारबाही एकपटकको सीमित जवाफ हो वा थप सैन्य अभियानको सुरुआत हो भन्ने विषयमा स्पष्ट जानकारी दिइएको छैन।

उता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले भने अमेरिकी आरोप अस्वीकार गर्दै अमेरिका र इजरायलमाथि नै आक्रमणको दोष लगाएको छ।  

आईआरजीसीले जारी गरेको विज्ञप्तिमा अमेरिकाले बहाना बनाएर इरानी भूमिमा हवाई आक्रमण गरेको दाबी गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिए त्यसको अझ कडा जवाफ दिइने चेतावनी दिएको छ।

इरानले लेबनान क्षेत्रमा इजरायलले पनि युद्धविराम उल्लङ्घन गरिरहेको आरोप लगाएको छ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वासिङ्टनमा इजरायल र लेबनानबीच नयाँ शान्ति योजनामा हस्ताक्षर भएकै दिन यस्तो आरोप सार्वजनिक हुनु अर्थपूर्ण रूपमा हेरिएको छ।

यसअघि अमेरिका र इरानबीच जुन १७ मा भएको १४ बुँदे समझदारीअनुसार होर्मुज जलमार्गबाट व्यापारिक जहाजको निर्बाध आवतजावत सुनिश्चित गर्ने सहमति भएको थियो।

सो समझदारीमा इरानले निश्चित अवधिसम्म कुनै अतिरिक्त शुल्क नलिई सुरक्षित समुद्री मार्ग उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।

तर, पछिल्ला घटनाक्रमले उक्त समझदारी कार्यान्वयनमै प्रश्न उठाएको छ।  

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल एक्समार्फत यदि इरानलाई समझदारीको कार्यान्वयनबारे असहमति छ भने वार्तामार्फत समाधान खोज्नुपर्ने, हिंसात्मक गतिविधिको जवाफ भने अमेरिका पनि बलपूर्वक दिने बताएका छन्।

यता इरानी संसद्को राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले अमेरिकाले वार्ताकै बीचमा पुनः सैन्य आक्रमण गरेको आरोप लगाउँदै त्यसको परिणाम अमेरिकाले नै भोग्नुपर्ने चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले भने इरानले किन यस्तो कदम चाल्यो भन्ने प्रश्नमा स्पष्ट जवाफ नदिँदै ूउनीहरूको व्यवहार फरक छू भन्ने छोटो टिप्पणी गरेका थिए।  

उनले केही दिनअघि मात्रै इरानले अमेरिकी जहाजबाट कुनै शुल्क नलिने प्रतिबद्धता जनाएको दाबी गरेका थिए।  

यदि त्यो प्रतिबद्धता गलत सावित भए वार्ता तत्काल अन्त्य हुने चेतावनीसमेत उनले दिएका थिए।

होर्मुज जलमार्ग विश्वको सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक हो।  

विश्वको ठूलो हिस्सा कच्चा तेल र प्राकृतिक ग्यास यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले यस क्षेत्रमा उत्पन्न हुने कुनै पनि सैन्य तनावले विश्वव्यापी ऊर्जा बजार, ढुवानी प्रणाली तथा अन्तर्राष्ट्रिय व्यापारमा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषण गरिएको छ।

यसैबीच, संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले सुरक्षा अवस्था बिग्रिएपछि होर्मुज क्षेत्रका हजारौँ नाविकलाई उद्धार गर्ने तयारी तत्कालका लागि स्थगित गरेको जनाएको छ।  

सुरक्षा जोखिम अझै उच्च रहेकाले अन्तर्राष्ट्रिय समुद्री आवागमनमा थप सतर्कता अपनाउन विभिन्न देशहरूले आफ्ना जहाजलाई निर्देशन दिएका छन्।

बीबीसीबाट

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.