सोमबार, श्रावण ४,२०८३ 07:56:46
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 07:56:46
Bizshala
Global IME Bank Limited

जापानले करिब ५० वर्षमा पहिलोपटक ४००% ले बढायो भिसा शुल्क, यस्तो छ कारण

जापानले करिब ५० वर्षमा पहिलोपटक ४००% ले बढायो भिसा शुल्क, यस्तो छ कारण
New Office

काठमाण्डौ। जापानले जुलाई १ देखि लागू हुने गरी प्रवेश भिसा शुल्कमा करिब ४८ वर्षयताकै पहिलो पटक उल्लेखनीय वृद्धि गरेको छ। बढ्दो प्रशासनिक खर्च, मुद्रास्फीति तथा विनिमय दरमा आएको उतारचढावलाई ध्यानमा राख्दै सरकारले भिसा शुल्क संशोधन गरेको जनाएको छ।

नयाँ व्यवस्था अनुसार एकपटक प्रवेश (सिंगल इन्ट्री) भिसाको शुल्क ३ हजार येनबाट बढाएर १५ हजार येन पुर्याइएको छ। त्यस्तै, बहुपटक प्रवेश (मल्टिपल इन्ट्री) भिसाको शुल्क ६ हजार येनबाट ३० हजार येन निर्धारण गरिएको छ।

जापानी सरकारले सन् १९७८ यता भिसा शुल्क परिमार्जन नगरिएको उल्लेख गर्दै हालको आर्थिक अवस्था, मूल्यवृद्धि तथा कमजोर येनका कारण शुल्क समायोजन आवश्यक भएको जनाएको छ। अधिकारीहरूका अनुसार यस निर्णयले पर्यटनमा तत्काल नकारात्मक असर नपर्ने अपेक्षा गरिएको छ।

विशेषज्ञहरूका अनुसार पछिल्ला वर्षहरूमा जापानमा विदेशी पर्यटकको संख्या तीव्र रूपमा बढेको छ, जसले सार्वजनिक सेवा, पूर्वाधार तथा अध्यागमन व्यवस्थापनमा अतिरिक्त दबाब सिर्जना गरेको छ। भिसा शुल्क वृद्धिले बढ्दो प्रशासनिक खर्च व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

सन् २०२४ मा जापानले करिब ३ करोड ६८ लाख तथा २०२५ मा ४ करोड २६ लाख विदेशी पर्यटक स्वागत गर्दै लगातार नयाँ कीर्तिमान कायम गरेको थियो। पर्यटन क्षेत्र जापानी अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको विश्लेषण गरिएको छ।

यसैबीच, जापानले सबै यात्रुबाट लिइने प्रस्थान कर (डिपारचर ट्याक्स) पनि १ हजार येनबाट बढाएर ३ हजार येन पुर्याउने निर्णय गरेको छ। विदेशी पर्यटकलाई प्रदान गरिने कर फिर्ता लगायतका बढ्दो खर्च व्यवस्थापन गर्न जापान सरकारले यस्तो कदम चालेको जनाइएको छ । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.