बुधबार, श्रावण ६,२०८३ 07:33:11
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 07:33:11
Bizshala
Global IME Bank Limited

सेबोनका नयाँ अध्यक्ष भट्टसँग ब्रोकरहरूको पहिलो औपचारिक भेट, ‘बजार सुधार र बजेटका कार्यक्रम कार्यान्वयनमा सहकार्य’

सेबोनका नयाँ अध्यक्ष भट्टसँग ब्रोकरहरूको पहिलो औपचारिक भेट, ‘बजार सुधार र बजेटका कार्यक्रम कार्यान्वयनमा सहकार्य’
New Office

काठमाण्डौ ।  नेपाल धितोपत्र बोर्ड सेबोन का नवनियुक्त अध्यक्ष डा। गोपाल प्रसाद भट्टले नेपालको पूँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी र लगानीकर्तामैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पदभार सम्हालेपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालसँग भएको पहिलो औपचारिक भेटमा उनले सरकारको बजेट तथा नीति–कार्यक्रममा समेटिएका पुँजी बजार सुधारका योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गरिने बताएका हुन्।

बिहीबार सेबोनमा भएको शिष्टाचार भेटमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल नेतृत्वको प्रतिनिधिमण्डलले अध्यक्ष भट्टलाई सफल कार्यकालको शुभकामना दिँदै बजार सुधारका लागि आवश्यक नीति, संरचना र सहकार्यमा एसोसिएसनले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

भेटका क्रममा अध्यक्ष भट्टले नियामक निकाय, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी, लगानीकर्ता तथा अन्य सरोकारवालाबीचको समन्वयलाई अझ प्रभावकारी बनाउँदै सुशासन, पारदर्शिता र लगानीकर्ताको हित संरक्षणलाई उच्च प्राथमिकतामा राखिने बताए। आधुनिक प्रविधिको प्रयोगमार्फत सेवा विस्तार गर्दै नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय अभ्यासअनुकूल विकास गरिने उनको भनाइ थियो।

दुवै पक्षबीच सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेका पुँजी बजारसम्बन्धी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, नयाँ वित्तीय उपकरणको विकास, लगानीकर्ता शिक्षा, प्रविधिमैत्री सेवा विस्तार तथा समग्र बजारको संस्थागत सुदृढीकरणका विषयमा समेत सकारात्मक छलफल भएको एसोसिएसनले जनाएको छ।

हालै सरकारले बजेटमार्फत डेरिभेटिभ, सर्ट सेलिङ, इन्ट्राडे कारोबार, विदेशी तथा गैरआवासीय नेपाली (एनआरएन) लगानी विस्तार, लगानीकर्ता संरक्षणलगायतका विषयलाई प्राथमिकतामा राखेको छ। यस्तो अवस्थामा सेबोन नेतृत्व र बजारका प्रमुख सरोकारवालाबीच भएको यो पहिलो औपचारिक संवादलाई आगामी बजार सुधारको संकेतका रूपमा समेत हेरिएको छ।

स्टक ब्रोकर एसोसिएसनले अध्यक्ष भट्टको नेतृत्वमा सेबोनले पुँजी बजारमा नयाँ ऊर्जा थप्ने, लगानीकर्ताको विश्वास मजबुत बनाउने र मुलुकको आर्थिक विकासमा पुँजी बजारको भूमिका अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.