शुक्रबार, असार २६,२०८३ 10:26:22
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 10:26:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना

Laxmi Sunrise Bank Limited
आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाण्डौ । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको र आगामी दिनमा यो क्रमशः नेपाल नजिकिँदै जाने सम्भावना रहेको छ।

हाल देशभर अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आकाश अधिकांश समय बादलले ढाकिनेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी भू–भागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रका केही स्थानमा समेत यस्तै मौसमी गतिविधि देखिन सक्ने अनुमान गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

लुम्बिनी प्रदेशको तराई क्षेत्रसहित देशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यसका कारण ती क्षेत्रहरूमा सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

रातिको समयमा पनि देशभर अधिकांश भू–भागमा बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका धेरै स्थान तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यस्तै, मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा केही स्थानमा तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा, मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ।

भारी वर्षाका कारण पहिरो, बाढी तथा सडक अवरोधजस्ता जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.