आईतवार, असार २८,२०८३ 10:21:05
Bizshala
  • आईतवार, असार २८,२०८३ 10:21:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज देशका यी स्थानमा अति भारी वर्षाको सम्भावना

Laxmi Sunrise Bank Limited
आज देशका यी स्थानमा अति भारी वर्षाको सम्भावना

काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही माथि र पूर्वी क्षेत्रमा नेपालको तराई भू–भाग नजिक रहेको छ।

विभागले आइतबार देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। केही स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमानसमेत गरिएको छ।

आइतबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। पहाडी क्षेत्रका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

मधेस, कोशी, वाग्मती र गण्डकी प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेशसहित कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

रातिको समयमा कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ।

विभागका अनुसार कोशी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा तथा अन्य हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। यस्तै, कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा, लुम्बिनी प्रदेशका केही स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही भू–भागमा वर्षाको सम्भावना रहेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विशेषगरी कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा मधेस प्रदेशसहित कोशी, वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। साथै, ती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घण्टामा १० देखि ५० मिलिमिटरसम्म वर्षा भएमा मध्यम, ५० देखि १०० मिलिमिटरसम्म भएमा भारी, १०० देखि २०० मिलिमिटरसम्म भएमा धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी वर्षा मानिन्छ।

मनसुन सक्रिय भइरहेकाले पहिरो, बाढी तथा डुबानको जोखिम रहेका क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.