सोमबार, श्रावण १८,२०८३ 07:12:22
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:12:22
Bizshala
Global IME Bank Limited

राहदानी छपाइ प्रकरणमा अनियमितताबारे छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान

राहदानी छपाइ प्रकरणमा अनियमितताबारे छलफल गर्न सार्वजनिक लेखा समिति बैठक आह्वान
New Office

काठमाण्डौ । राहदानी छपाइ प्रक्रियामा देखिएका अनियमितता र विवादबारे छलफल गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बैठक बोलाएको छ।

समिति सभापति भरतबहादुर खड्काका अनुसार राहदानी छपाइसम्बन्धी विषयमा छलफल गर्न मंगलबार बिहान ९ बजे बैठक बस्ने तय भएको छ। बैठकमा राहदानी छपाइ प्रक्रियाबारे जानकारी लिन परराष्ट्र मन्त्रालय र राहदानी विभागका अधिकारीहरूलाई बोलाइएको उनले जानकारी दिए।

राहदानी खरिद प्रक्रियामा करिब १० अर्ब १३ करोड रुपैयाँ बराबरको विवाद रहेको विषय समितिमा उठेको छ। यस सम्बन्धमा उजुरीसमेत परेको र विषय गम्भीर भएकाले छलफलका लागि बैठक आह्वान गरिएको सभापति खड्काले बताए।

यसअघि असार २३ गते बसेको सार्वजनिक लेखा समितिको बैठकमा राहदानी छपाइ प्रक्रियामा भएको भनिएको भ्रष्टाचार तथा अनियमितताका विषयमा छलफल भएको थियो। समितिले यस विषयमा थप जानकारी लिएर आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.