आईतवार, श्रावण १७,२०८३ 10:16:46
Bizshala
  • आईतवार, श्रावण १७,२०८३ 10:16:46
Bizshala
Global IME Bank Limited

सिटी एक्सप्रेस मनि ट्रान्सफरको २० औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना

सिटी एक्सप्रेस मनि ट्रान्सफरको २० औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना
New Office

काठमाण्डौ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले असार २७ गते १९ बसन्त पार गरेर २० औँ बर्षमा प्रबेश गरेको छ ।  यही  २० औँ बार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।  सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा मुख्य अभिप्राय ‘रक्तदान जीवनदान –हामी सबैको योगदान’ भन्ने  मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यलयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न गर्यो । 

साथै, २० औँ वार्षिकोत्सवको अवसरमा  कम्पनीले बर्षको  उत्कृष्ट कर्मचारीहरुलाई  पुरस्कृत पनि गरेको थियो ।उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिती रहेको थियो ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १९ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।                          

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.